Homeसमाचारसंस्थागत विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनमा जाने निर्णय

संस्थागत विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनमा जाने निर्णय

भद्रपुर १३ असार । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले शिक्षक कर्मचारीका समस्या समाधान गर्न विद्यालय सञ्चालकले बेवास्ता गरेको ठहर गर्दै आन्दोलनमा जाने निर्णय गरेको छ ।
प्याब्सन, एन प्याब्ससंग पटक पटक भएका छलफल तथा वार्ताको पालन गर्न विद्यालय सञ्चालकले अटेर गरेपछि शिक्षक कर्मचारीको जीवन दयनीय बन्दै गएको ठहरसहित आन्दोलनमा जाने निर्णय गरेको हो ।
इस्टु झापाको पूर्ण बैठकले आगामी हप्ताबाट सडक संघर्षमा उत्रने गरी आन्दोलनको कार्यक्रमतय गरेको छ । यो हप्ताभर २०७६ साल चैत्र महिनासम्मको तलव नदिने विद्यालयको विवरण संकलन गर्ने, शिक्षक कर्मचारी निस्काशन गर्ने विद्यालयको पहिचान गर्ने, झापाका सवै स्थानीय तहमा शिक्षक कर्मचारीका समस्या हल गर्न स्थानीय सरकारलाई माग सहितको ज्ञापनपत्र बुझाउने लगायत ७ वटा बुँदामा निर्णय गर्दै युनियनले श्रम अदालतसम्म गएर श्रम शोषण गर्ने विद्यालयका सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउने निर्णय समेत गरेको छ ।
जिल्ला अध्यक्ष होमराज खतिवडाको अध्यक्षता तथा केन्द्रीय सदस्य एनपी लामिछाने, प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारीको विशेष आतिथ्यमा सम्पन्न बैठकमा झापा जिल्लाका पदाधिकारी, सदस्यहरू, पालिका अध्यक्षहरूको सहभागिता रहेको थियो । बैठकमा सहभागी सवैले बौद्धिक श्रम शोषण गर्ने गैरजिम्मेवार विद्यालय सञ्चालक बिरूद्ध राज्य समेत निरीह देखिएको प्रति चिन्ता व्यक्त गर्दै कानुनी पक्षको सहारा लिनुपर्ने धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंस्थागत विद्यालय शिक्षक युनियनद्वारा आन्दोलनमा जाने निर्णय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img