Homeसमाचारज्ञापनपत्र बुझ्न नआउँदा झडप, भौतिक क्षति र घाइते :हल्दिवारी गाउँसभा

ज्ञापनपत्र बुझ्न नआउँदा झडप, भौतिक क्षति र घाइते :हल्दिवारी गाउँसभा

हल्दिवारी १३ असार । असार १० गते झापाको हल्दिबारी गाउँपालिकाको सातौं गाउँसभामा हलभित्र नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइरहँदा बाहिर ठूलो भिड थियो ।
अधिक भिड हुनुको कारण चारकोशे झाडीको उत्तरतर्फबाट निकालिएको पूर्वमा देउनिया र पश्चिममा भुतेनी खोलासम्मको बाटाको नामाकरण । त्यही बाटोका कारण बाहिर भएको झडपमा भिम तुम्बापो, गंगा प्रसाई र भिमराज फियाक घाइते भए । बाटो नामाकरणमा पक्ष र विपक्ष भएपनि शुरुमा भिडमा कुनै अप्रिय घटनाको संकेत देखिएको थिएन ।
बाहिर भएको झडपमा गाउँपालिकाको भवनमा भौतिक क्षति समेत भएको छ । ज्ञापन पत्र बुझाउन लामोसमयदेखि पर्खिएपछि ज्ञापनपत्र नपाएपछि आक्रोशित बनेका मध्ये एकजनाले झ्यालमा एक मुड्की हानेसंगै स्थिति तनाग्रस्त बनेको थियो । सभाहलका झ्यालका शिशा फुटेका छन् ।
नीति तथा कार्यक्रममै नसमेटिएको उक्त बाटाको नाम नेकपाका प्रतिनिधि भने द्रोणाचार्य मार्ग नामाकरण गराउने सुरमा थिए । उक्त बाटाको नामाकरणको विषयमा चासो राखिरहेका नेपाली कांग्रेस समर्थकले चारकोशेको पहिचान रहने गरी नामाकरण गर्न र राप्रपाले केशवकुमार कन्दङ्वाको नाममा नामाकरण गरिनुपर्ने माग गर्दै ज्ञापन पत्र लिएर सभाहल बाहिर लामो समयदेखि पर्खिरहेका थिए । छुट्टाछुट्टै नामको प्रस्ताव गरिरहेका कांग्रेस र राप्रपा बीच चारकोशेकोे पहिचान बोल्ने नामाकरण गर्ने कुरामा भीडमै सहमति भयो । तर उनीहरुले ल्याएको ज्ञापनपत्र बुझ्न न त गाउँपालिका अध्यक्ष आए ,न त उपाध्यक्ष नै । प्रचण्ड गर्मीका बाबजुद लगभग ३ घण्टासम्म पर्खिएका उनीहरु जनप्रतिनिधिको व्यवहारबाट आक्रोशित बन्दै गएका थिए । गाउँसभा र बाटो नामाकरणको सवाल भएका कारण गाउँपालिकामा प्रतिनिधित्व गर्ने सबै दलका नेता कार्यकर्ताहरुको व्यापक उपस्थिति थियो ।
बाहिर बाटाको नामाकरणका विषयमा ज्ञापन पत्र बुझाउन नपाइरहँदा सभाहल भित्र भने नीति तथा कार्यक्रममा नसमेटिएको उक्त बाटाको नामाकरणका लागि नेकपाबाट गाउँसभामा प्रतिनिधित्व गर्ने सहभागीहरुले कम्युनिष्ट अगुवा द्रोणाचार्य क्षेत्रीको नामबाट द्रोणाचार्य मार्ग नामाकरण गर्नैपर्ने दबाब दिइरहेको बाहिर बस्नेले थाहा पाए । जुन बाटाको नामाकरणकै बारेमा ज्ञापनपत्र बुझाउन घण्टौंदेखि पर्खिरहेका उनीहरु आक्रोशित बन्दै गइरहेका थिए । त्यही बेला गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरी ढोकासम्म आएको देखेपछि ज्ञापनपत्र बुझाउन पाइने भो भनेर खुशी भएका थियौं ज्ञापन पत्र बुझाउन गएका एक स्थानीयले भने । तर, उपाध्यक्ष गिरी ढोकैबाट फर्किएपछि आक्रोशित भिड नियन्त्रण गर्न सुरक्षाकर्मीको पनि केही जोर नचलेकोे प्रत्यक्षदर्शी तथा सामाजिक अभियान्ता भूपाल बस्नेतले बताए ।


भित्र के भयो कालो शिसाभित्र हामीले केही देखेनौं तर बाहिरको आक्रोस ज्ञापनपत्र बुझ्न नआउँदाको उत्पन्न परिणाम हो–बस्नेतले भने ।’ ज्ञापन पत्र समयमै बुझिदिएका भए धेरै मान्छे शायद हिडिसकेका हुन्थे, किन कि सबै कृषक थिए, किसानलाई अहिले असारको चटारो छ ।’
‘लोकतन्त्रमा माग राख्न पाउने अधिकार सबैको हुन्छ, गल्ती कसैको छैन, माग राखेपछि सभामा छलफल होला, विवाद होला, अनि सहमतिमा पुग्लान् भनेर ज्ञापनपत्र बुझाउन खोजेका थिए, प्रचण्ड गर्मीमा ३÷४ घण्टासम्म कुर्दा पनि ज्ञापन पत्र बुझ्न अध्यक्ष वा उपाध्यक्ष कोही पनि नआएका कारण दुःखद घटना घट्यो’–उनले भने ।
बाहिर झडप भइरहँदा पनि भित्र गाउँसभा चलिरहेकै थियो । बाहिर झडप भएको निकैबेरपछि गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन सभामै आफूमाथि आक्रमण भएको भन्दै बाहिर निस्केका थिए । लिङ्देन बाहिर निस्कनु अघि नै बाहिरको झडपमा घाइते भएकाहरुलाई अस्पतालतर्फ पठाइसकिएको एक प्रत्यक्षदर्शीले बताए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारज्ञापनपत्र बुझ्न नआउँदा झडप, भौतिक क्षति र घाइते :हल्दिवारी गाउँसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img