
भारतीय टिकटक स्टार सिया कक्कर (१६) ले बिहीबार आत्महत्या गरेकी छिन्। सामाजिक सञ्जालमा सक्रिय सियाको आत्महत्याको कारण भनेपत्ता लागि सकेको छैन । सियाको आत्महत्या पछि प्रहरीले उनको फोन नियन्त्रणमा लिएपनि लक खोल्न नसकेको बताइएको छ । मोबाइलको लक खोले पश्चात् मृत्युको कारण पत्ता लाग्न सक्ने प्रहरी अधिकारीको भनाई उद्दृत गर्दै भातीय सञ्चार माध्यमहरुले जनाएका छन् । सियाले आत्महत्या गर्नु केही घण्टाअघि आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो डान्स भिडियो शेयर गरेकी थिइन्। टिकटकमा सियालाई १७ लाखले पच्छाएका छन्।
भारतीय अभिनेता सुशान्त सिंह राजपुतले गरेको आत्महत्या सेलाउन नपाउँदै उनले आत्महत्या गरेकी हुन्। १६ वर्षकी सिया डिप्रेशनमा रहेको बताइएको छ। अभिनय र नृत्यको धेरै शौखिन सियाले टिकटक बाहेक, भिडियोहरू इन्स्टाग्राम र यूट्यूबमा शेयर गर्थिइन्।