मोरङ १२ असार । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै गाइवस्तु चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन । ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासी समेतले खोजतलास गर्ने क्रममा आज (शुक्रबार०) बिहान खोलाले बगाएको स्थान भन्दा लगभग ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

































































































