
मदरगाछ १२ असार । विगत केही दिनदेखि निरन्तर भएको वर्षातका कारण झापा गाउँपालिकाको वडा नं.–७ स्थित जनताको तटबन्धन बाढीले कटान गर्न थालेपछि टप्पु नजिकैको बाँध कटान तीब्र भएपछि त्रास बढेको छ ।
जनताको तटबन्ध अन्तरगतको बाँध तीब्र रुपमा कटान हुन थालेपछि सो क्षेत्र आसपासमा बसोबास गर्नेहरुमा त्रास बढेको हो।
बाढीले कटान हुन मदरगाछ पश्चिममा रहेको उक्त ठाउँमा कटान तीब्र भएसंगै सो क्षेत्रका स्थानीयमा त्रास बढेको स्थानीय काजी क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार मदरगाछको पश्चिमतर्फको बाँध बाढीले कटान गरेको हो ।
बाँध कटान तीब्र भएसंगै जोखिम बढेर गएपछि स्थानीयबासी, नेपाल प्रहरी र शसस्त्र प्रहरीसहितको टोलीले नियन्त्रणको प्रयास गरिरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका हरिशरण खड्काले जानकारी दिनुभयो ।
आज दिनभर परेको पानीका कारण आज झापाका अधिकतम क्षेत्र जलामय भएका छन् ।

































































































