Homeझापाबजेट अक्षरस कार्यान्वयन हुन्छ–अध्यक्ष साह

बजेट अक्षरस कार्यान्वयन हुन्छ–अध्यक्ष साह

टाघनडुब्बा १० असार । असार १० गतेसम्ममा नीति तथा कार्यक्रम प्रस्तुत र १५ गतेसम्ममा बजेट पारित गरीसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार धेरै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।
सोही अनुसार झापाको झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ४२ करोड, ११ लाख १३ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले चालू खर्चतर्फ एकमुष्ट रु ५ करोड २२ लाख विनियोजन गर्दै पूँजीगत खर्च तर्फ आर्थिक विकासका लागि रु ६९ लाख, पूर्वाधार विकासका लागि रु १४ करोड ४६ लाख ३३ हजार,वन वाताबरण विपद तथा सरसफाईका लागि रु ५ लाख,संस्थागत विकास,सेवा प्रवाह तथा सुशासनका लागि रु ३६ लाख ५० हजार,सामाजिक विकासका लागि रु २ करोड ८ लाख ३० हजार,संघीय सशर्त अनुदान रु १९ करोड २४ लाख गरेर जम्मा अनुमानीत व्यय प्रस्तुत गरेको छ।
गाउँपालिकाले चालू आ.व २०७६/७७ का लागि गत वर्ष रु ३६ करोड १० लाख ३० हजार बिनियोजन गरेको थियो भने हाल सम्म पुजीगततर्फ ५०५ र चालू तर्फ ५७५ खर्च भएको जनाएको छ।

गाउँपालिकाद्वारा प्रस्तुत बजेटमा कृषि,स्वास्थ्य र पूर्वाधारमार्फत समृदी भन्ने मुल नारा सहित गाउँपालिकाबासीको जिवनस्तरमा सुधार ल्याइ विकासको प्रतिफल हासिल गराउँदै परिवर्तनको प्रत्यक्ष अनुभूति गराउने लक्ष्य राखिएको छ ।
जन्म तथा मृत्यु संस्कार सहायताका लागि गाउँपालिकाले १२ लाख बजेट बिनियोजन गरेको छ भने कोरोनोको रोकथाम गर्दै तत्काल प्रतिफल प्राप्त गर्न सकिने आगामी वर्षमा नै सम्पन्न हुने चालु आयोजनाको कार्यन्वयनलाई निरन्तरता र शुनिश्चितता प्रदान गर्ने गरी गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा सम्पन्न बजेट प्रस्तुत कार्यक्रममा उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेट सर्वसम्मतिले पारित भएको छ । पारित बजेट अक्षरस कार्यान्वयन गर्ने कुरामा ढुक्क रहन आग्रह गर्दै गाउँपालिका अध्यक्ष जयनारायण साहले त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
झापाबजेट अक्षरस कार्यान्वयन हुन्छ–अध्यक्ष साह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img