Homeसमाचारहल्दिवारीको गाउँसभामा अध्यक्षमाथि आक्रमण, घाइतेको अस्पतालमा उपचार हुँदै

हल्दिवारीको गाउँसभामा अध्यक्षमाथि आक्रमण, घाइतेको अस्पतालमा उपचार हुँदै

हल्दिवारी गाउँपालिकाको सातौं गाउँसभामा झडप हुँदा घाइते भएका स्थानीय अस्पतालमा ।

हल्दिवारी १० असार । हल्दिवारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, वडासदस्य माथि भएको आक्रमणमा दुई जना गम्भिर घाइते भएका छन् ।
गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम वडाध्यक्षसहित परिषद सदस्यहरुले अध्ययन गरेपछि मात्रै पारित गर्नुपर्ने आवाज उठाएपछि गाउँपालिका अध्यक्ष तथा गाउँसभाका सभापति रविन्द्र लिङदेनले सोही अनुसार २०७७ असार २९ गते गाउँसभा सम्पन्न गर्ने भन्दा भन्दै आफूमाथि आक्रमण भएको अध्यक्ष लिङदेनले बताउनु भयो ।
उहाँले भन्नुभयो–‘अल्पमतमा रहेका सदस्यहरुले समानुपातिक रुपमा बजेटको बाँडफाँड हुनुपर्ने, बजेट वितरणको अवस्था र नीति तथा कार्यक्रम अध्ययन गर्न पाउनु पर्ने माग राखेपछि स्वभाविक मागलाई मैले अल्पमत, बहुमत भन्दा पनि नीतिगत कुरालाई ध्यान दिंदै बीच बीचमा छलफल गरेर २९ गते समापन गर्ने भन्दै थिएँ, त्यही बेला नेकपाका कार्यकर्ताले आक्रमण गर्दै मलाई लछार–पछार पारे ।’
आफूमाथि आक्रमण हुन थालेपछि बचाउने क्रममा वडा सदस्य सहित अरु पनि घाइते भएको लिङदेनले बताउनु भयो । अध्यक्ष लिङदेनले भन्नुभयो–‘बहुमतको दम्भले सिर्जिएको समस्याको नेकपाले लिनुपर्छ ।’
कार्यक्रममा एक कम्युनिष्ट नेताका नाममा बाटोको नामाकरण गर्न नेकपाको जवरजस्ती र व्यक्ति विशेषका नाममा नभइ सबैलाईै अपनत्व हुने नामाकरण गरिनुपर्ने अन्यले धारणा राखेपछि त्यसमा पनि मतभेद सिर्जना भएको थियो ।
नीति तथा कार्यक्रम अध्ययन गर्न पाउनु पर्ने परिषद सदस्यहरुको अधिकारमाथि जबरजस्ती बहुमतले पेल्न खोजेको अर्का एक परिषद सदस्यले बताएका छन् ।
आक्रमणमा न्यायिक समितिका संयोजक समेत रहेका उपाध्यक्ष डम्बर गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटा, महेश मेचे लगायत नेकपा समर्थकहरुले गाउँपालिका अध्यक्ष सहितलाई आक्रमण गरी घाइते बनाएको वडा नं.–४ का वडाध्यक्ष होम चुडालले जानकारी दिनुभयो ।
अन्दाधुन्ध भएको आक्रमणका क्रममा गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, वडा नंं–४ का वडाध्यक्ष होम चुडाल, ५ नम्बर वडाका वडाध्यक्ष शेरबहादुर नेम्वाङ सहित वडा सदस्य मदन तामाङको छातीमा असर परेको बताइएको छ ।
अन्य घाइते भिम तुम्बापो र भिमराज फियाकको विर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । झडपका क्रममा गाउँपालिका रहेको भवनको झ्यालका शिशा समेत फुटेको बताइएको छ । घटनापछि अध्यक्ष लिङ्देनसहित केही वडाध्यक्षहरु सभा छोडेर बाहिरिएका थिए । झडप भएर गाउँपालिका अध्यक्ष बाहिरिएपछि उपाध्यक्ष डम्बर गिरीको सभापतित्वमा सभा सम्पन्न भएको समाचार स्रोतले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहल्दिवारीको गाउँसभामा अध्यक्षमाथि आक्रमण, घाइतेको अस्पतालमा उपचार हुँदै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img