Homeसमाचारबिद्युतीय रेलमार्ग : कित्ता नम्वर फरक परेपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा

बिद्युतीय रेलमार्ग : कित्ता नम्वर फरक परेपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा

डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा समन्वय समिति गठन

बिर्तामोड १० असार । बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहण सम्बन्धी प्रकाशित सूचनामा कित्ता नम्बर र हाल प्रचलनमा रहेको कित्ता नम्बर फरक भएपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा परेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले बिद्युतीय रेलमार्गको जग्गा अधिग्रहण सम्बन्धी कित्ता नम्बर सहितको ३५ दिने सूचना गत जेष्ठ २४ गते प्रकाशन गरेको थियो ।
सूचनामा प्रकासित कित्ता नम्बर र हाल प्रचलनमा रहेको कित्ता नम्बर फरक परेपछि झापा विर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा परेका हुन् ।
प्रशासन कार्यालयले सूचनामा ३५ दिन भित्रमा धनीपूर्जा,नागरिकता र तिरो वुझाको प्रतिलिपि वुझाउन भनेको छ, तर सूचनामा जारी गरिएको कित्ता नम्बर धनीपूर्जामा नमिलेपछि समस्या भएको स्थानीय प्रभावितहरुको गुनासो छ ।
३५ दिने सूचना प्रकाशनको झण्डै २० दिन भईसक्यो हालसम्म कुनै प्रक्रिया अगाडि बढाउन सकिएको छैन भन्दै उनीहरुले सम्वनधित निकायको ध्यानाकर्षण गराएका छन् ।
यसैवीच रेलमार्ग प्रभावित विर्तामोड क्षेत्रका वासिन्दाहरुको वृहत भेला आज मंगलवार शैनिकमोडमा सम्पन्न भएको छ । भेलाले डा. लक्ष्मीप्रसाद मैनालीको अध्यक्षतामा ३१ सदस्यीय रेलवे प्रभावित सम्न्वय समिति विर्तामोड गठन गरेको छ ।
विर्तामोड २,३,४ र ७ का रेलवे प्रभावित बासिन्दाहरुको भेलाले गठन गरेको समन्वय समितिको उपाध्यक्षहरुमा वेद खरेल र रंगलाल दाहाल, सचिव रञ्जित प्रसाई, सह–सचिव राम उप्रेती र कोषध्यक्षमा प्रकाश न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा डा.अजित कुमार ठाकुर, गंगा मैनाली, देवेन्द्र सिटौला, खगेन्द्र खरेल, पवन मैनाली, राजन शिवाकोटी, राजु चाम्लिङ्ग, लक्ष्मीदेवी खतिवडा, नगेन्द्र विमली, सुजन काफ्ले, गजेन्द्र नेपाली, मेदनी प्रसाद पकुवाल, कुमार कन्दङ्गवा, श्रीप्रसाद रोक्का, टिका वास्तोला, कैलाश प्रसाई लगायत रहेका छन् ।
भेलामा सहभागी स्थानीय प्रभावितहरुले कित्ता नम्बर नमिलेको कारण अन्यौलता सृजना भएको जनाउदै तत्काल प्रचलीत कित्ता नम्बर जारी गर्न सम्वन्धित निकायको ध्यनाकर्षण गराएका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गरे पनि सो सम्वन्धी समस्यामा तर्किने गरेको आरोप लगाउदै उनीहरुले स्थानीय प्रभावीतको समस्यामा गम्भीर वन्न आग्रह गरेका छन् ।
स्थानीय प्रभावितको भेलालाई सम्वोधन गर्दै नव गठित समन्वय समितिका अध्यक्ष डा. मैनालीले अफुूहरु विकाश विरोधी नभएको बताउदै समस्या समाधानको लागि एकजुट भएको वताउनुभयो ।
विकाशसंगै आउने विनाशको सरकारले उचित सम्वोधन गर्नुपर्नेमा जोड दिदै उहाले उचित मुआव्जाको लागि सम्न्वकारी भूमीका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समस्या समाधानको लागि स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्या हुने बताउदै डा. मैनालीले रेलवे प्रभावितलाई खुशी पारेर मआव्जा वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
विर्तामोड नगर स्तरीय रेलवे प्रभावित समन्वय समिति गठन भएसंगै वडा स्तरमा पनि ईकाइ समिति निमार्ण गरिने र साझा मुद्धामा एक ढिक्का भएर अगाडि वड्ने समितिका सचिव रञ्जित प्रसाईले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिद्युतीय रेलमार्ग : कित्ता नम्वर फरक परेपछि बिर्तामोड क्षेत्रका प्रभावितहरु अन्यौलमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img