झापा ९ असार । झापामा आज एकैदिन १३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार कोरोना संक्रमण देखिएका १३ जना मध्ये ११ जनामा अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरी स्वदेश फर्किएकाहरु रहेको खुलेको छ ।
झापामा आज संक्रमण पुष्टि भएका मध्ये एक जना ओमानबाट आएका पुरुष हुन भने बाँकी १० जना कुवेतबाट आएको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
संक्रमित मध्ये ३ महिलासहित ६ जना बुद्धशान्ति गाउँपालिका, मेचीनगर र हल्दिवारी गाउँपालिकाका २÷२ जना तथा ओमानबाट आएका विर्तामोडका एक पुरुषसहित ११ जना बैदेशिक रोजागारीबाट अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरी गाउँ फर्किएका हुन् ।
१३ जना संक्रमित मध्ये मेचीनगर र विर्तामोडका १/१ जना भारतबाट आएका े अधिकृत चौंलागाईले जानकारी दिनुभयो । विर्तामोडका संक्रमित २ जना मध्ये एकजना होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।
यसअघि वैदेशिक रोजगारीबाट फर्किएकी कनकाई नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण देखिएपछि हिजोदेखि कनकाई नगर क्षेत्रमा सुरक्षा संवेदनशिलता अपनाउँदै अत्यावश्यक काम बाहेक आवत जावतमा कडाई गरिएको छ ।
झापाका १३ जना संक्रमित मध्ये १० कुवेत र १ जना ओमानबाट आएका

































































































