
विर्तामोड ९ असार । मेची महाकाली बुहारी संयुक्त अभियानको झापा संयोजकमा शिखा खड्का गणेश चयन हुनुभएको छ ।
मुख्य गरी हिंसामा परेका महिलाहरुको कानूनी उपचार तथा हिंसा न्युनिकरणका लागि खबरदारी गर्ने उद्देश्यले स्थापित समाजको झापा उपाध्यक्षमा अम्बिका पोखरेल, सचिवमा कविता थापा र कोषाध्यक्षमा प्रमिला सुवेदी चयन भएका छन् । यसैबीच समाजको प्रेस सल्लाहकारमा इन्दु पूर्वेली र कानुनी सल्लाहकारमा टिका लामीछाने चयन हुनुभएको छ ।
देश र विदेशमा रहेका गरी लगभग १० हजार नेपाली महिलाहरु आबद्ध अभियानको केन्द्रीय अध्यक्ष यमु सुब्बा रहनुभएको छ ।

































































































