Homeसमाचारगौरादहमा संक्रमित महिला झापामा पहिलो

गौरादहमा संक्रमित महिला झापामा पहिलो

बिर्तामोड २८ जेठ । झापामा पहिलो पटक महिलामा कोरोनाको संक्रमण देखिएको छ । बुधबार झापाका ५ जनामा कोरोना संक्रमण देखिएका मध्ये एकजना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौंलागाँईले जानकारी दिनुभयो ।
गौरादह नगरपालिकाको जनता क्वारेन्टिनमा रहेकी २२ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएसंगै झापामा कोरोना पुष्टि भएका १५३ जनामध्ये कोरोना संक्रमित हुने उनी पहिलो महिला हुन् ।
उनीसंगै कनकाई नगरपालिकाका तीन जनामा बुधबार कोरोना संक्रमण देखिएको छ । कनकाईमा कोरोना संक्रमण देखिएको यो पहिलो हो । नकाई नगरपालिकाको कनकाई बहुमुखि कलेजको क्वारेन्टिनमा बसेका ३ जनामा संक्रमण देखिएको बताइएको छ । कनकाई नगरपालिका वडा नं.–३ र ५ का स्थानीय उनीहरु भारतबाट आएका हुन् । त्यसैगरी मेचीनगरमा–१ सहित बुधबार झापाका ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर थप २७९ जनामा संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जनाउनु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगौरादहमा संक्रमित महिला झापामा पहिलो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img