Homeसमाचारपोखरियाले प्रवेश परीक्षा लिएको प्रचार निराधार

पोखरियाले प्रवेश परीक्षा लिएको प्रचार निराधार

‘लुकिछिपी विद्यार्थी भर्ना गर्न आवश्यकता छैन’

विराटनगर १६ जेठ । बन्दाबन्दी (लकडाउन)को समयमा प्रवेश परीक्षा लिएको भनि आफूहरुमाथि लगाएको आरोप निराधार र कपोलकल्पित भएको विराटनगरस्थित पोखरिया माध्यामिक विद्यालयले स्पष्ट पारेको छ ।
विराटनगर–३ स्थित पोखरिया माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद गौतम र प्रधानाध्यापक खेमराज भट्टराईले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरुलाई लकडाउनको समयमा प्रवेश परीक्षा लिनुपर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभएको हो ।
‘विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरणको तयारी गरिरहेको समयमा मोडर्न एरा बोर्डिङ्ग स्कुल, विराटनगरका सञ्चालक इन्द्र राई अत्यन्तै अराजक र उद्दण्ड शैलीमा विद्यालय हातामा प्रवेश गरी हामी शिक्षक, उपस्थित अभिभावक तथा विद्यार्थीहरु समेतलाई आतंकित पार्ने र अपशब्द समेत प्रयोग गरी निम्नस्तरको गाली गलौजमा उत्रिएको घटनाप्रति हामी क्षोभ प्रकट गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘हामीले उहाँको सामाजिक मर्यादा र पेशागत संवेदनशिलताको सम्मान गर्दै संयमता अपनाएकै थियौं । तर यसको उल्टो उहाँ लगायत उहाँको समूहले हाम्रो धैर्यतालाई कमजोरी ठानी हाम्रो विद्यालयप्रति नै निराधार र कपोकल्पित लाञ्छना लगाउने र त्यसलाई प्रचारबाजी गर्ने दुर्नियतले सामाजिक सञ्जालहरु र केहि सञ्चार माध्यममा आफ्नो स्वार्थ सिद्ध गर्ने निष्काम प्रयत्न गर्नुभयो ।’


पोखरिया विद्यालयले लकडाउनको समयमया प्रवेश परीक्षा लिएको भन्दै कारबाहीको माग गर्दै बिहीबार विज्ञप्ति प्रकाशन गरेको थियो । पोखरिया माविले भने प्याब्सनले आरोप लगाएजस्तो गरी लुकिछिपी विद्यार्थी भर्ना गर्नुपर्ने आफूहरुलाई कुनै आवश्यकता नभएको बताएको छ ।
‘गत चैत ११ गते लकडाउन सुरु हुनु भन्दा अघि नै यस विद्यालयमा भर्ना हुन आवेदन दिएका लगभग १ हजार १ सय विद्यार्थीलाई भर्ना गर्ने क्षमता नै विद्यालयमा नभएको अवस्थामा अतालिएर, लुकिछिपी प्रवेश–परीक्षा सञ्चालन गर्ने र विद्यार्थी भर्ना गर्ने हतारो हामीलाई छैन,’ विज्ञप्तिमा भनिएको छ, –‘हामी सरकारले जारी गरेका सबैखाले निर्देशन वा आदेशहरु पालना गरिरहेका छौं र गर्नेछौं । साथै हामी आफ्नो तथा विद्यार्थी एवम् अभिभावकहरुको स्वास्थ्यप्रति अत्यन्तै संवेदनशील छौं । प्रवेश–परीक्षा तथा विद्यार्थी भर्ना सम्बन्धि सम्पूर्ण कार्यहरु कोभिड १९ को प्रकोप साम्य भएपछि अथवा सरकारले दिने निर्देशन अनुसार हुने र भर्नाका लागि आवेदन दिएका विद्यार्थीहरुलाई छिटो र प्रभावकारी माध्यमबाट सूचित गरिने समेत जानकारी गराउन चाहन्छौं ।’
पोखरिया माविले अतिरञ्जित हल्लाका पछि नलाग्न सम्पूर्ण अभिभावक र विद्यार्थीलाई आव्हान पनि गरेको छ । साथै पोखरिया स्कुलको हाताभित्र आइ अराजकता मच्चाउन खोज्ने इन्द्र राईलगायत अरु कसैलाई पनि यस्ता अराजक, उद्दण्ड र आपराधिक उद्देश्यले प्रेरित कृयाकलाप नगर्न र नदोहो¥याउन र क्षमायाचना गर्न चेतावनी समेत दिएको छ ।
‘यो व्यवहार सामुदायिक विद्यालयप्रतिको आकर्षण र प्रगतिदेखि नसहने अराजक झुण्डहरुको कुण्ठाको प्रकटीकरण मात्र हो । त्यसैले यस्ता गतिविधिमा संलग्न निज राईलाई सार्वजनिक रुपमा क्षमा याचना गर्न सचेत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै स्थानीय प्रशासनलाई यस्ता गतिविधिप्रति संवेदनशील रहँदै विद्यालय, विद्यार्थी तथा विद्यालयको स्वच्छ वातावरणको प्रत्याभूतीका लागि ध्यानाकर्षण गराउन चाहन्छौं ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपोखरियाले प्रवेश परीक्षा लिएको प्रचार निराधार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img