Homeसमाचारअलैंची, चिया र पाम निकासीमा अवरोेध

अलैंची, चिया र पाम निकासीमा अवरोेध

झापा १६ जेठ । नेपालको कृषिजन्य उत्पादनमा भारतले एकपछि अर्को गर्दै निर्यातमा अवरोध पुर्याउँदै आएको छ । गत मे ११ देखि नेपालमा प्रशोधित पाम तेल निकासीमा रोक लगाएको भारतले पछिल्लो समय चिया र अलैंची निकासीमा समेत अवरोध सिर्जना गरेको छ । पाम तेल नेपालबाट निर्यातजन्य बस्तुमध्येको सबै भन्दा ठूलो परिणाममा निकासी हुने गर्छ । कुल निर्यातको २५ प्रतिशत निर्यातको हिस्सा पाम तेलले ओगट्ने गर्छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आबको चैत्रसम्ममा कुल १६ अर्ब ८० करोड ९८ लाख ५ हजार रुपैयाँको पाम तेल निकासी भएको छ । गत वर्ष सोही अवधिमा कुल ५ अर्ब ६५ करोड बराबरको मात्र तेल निकासी भएको थियो । भन्सार विभागका अनुसार यस वर्ष कुल एक लाख ५७ हजार मेट्रिकटन पाम आयाल भारत निकासी भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतीय भन्सारका अधिकारीले नेपालमा उत्पादित चिया विभिन्न बहाना गरेर भारत प्रवेशका लागि अनुमति नदिएको बताएका छन् ।
चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने मुख्य नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी हुन सकेको छैन ।
कृषिजन्य उत्पादन आयात–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारी विपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो ।–निर्यातमा रोकावट नगर्ने दुवै देशको समझदारी विपरीत भारतको पश्चिम बंगाल सरकारले अलैँची रोकेको हो ।
‘चैत पहिलो सातादेखि अघोष्तित रुपमा अलैँची रोकिएको छ,’ अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले भन्नुभयो–,‘विभिन्न बहाना बनाएर पानीट्यांकीस्थित भारतीय भन्सारका अधिकारीले प्रवेश दिन मानिरहेका छैनन् ।’ उनका अनुसार भारतले अलैँची रोक्नुको कारण भने खुलाएको छैन । लकडाउनको विषम परिस्थितिमा अत्यावश्यक सामाग्री र कृषिजन्य वस्तुको आयात – निर्यातमा कुनै रोकावट नहुने समझदारी भए पनि भारत तर्फको निकासीमा समस्या देखिएको उनको भनाई छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअलैंची, चिया र पाम निकासीमा अवरोेध
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img