Homeसमाचाररोटरी क्लवले दियो भद्रपुर नगर सरकारलाई स्वास्थ्य सामग्री

रोटरी क्लवले दियो भद्रपुर नगर सरकारलाई स्वास्थ्य सामग्री

झापा १४ जेठ । रोटरी क्लव अफ भद्रपुरले भद्रपुर नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भद्रपुर नगर अन्तर्गत रहेका स्वास्थ्य चौकीलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाइ प्रदान गरिएको हो ।
स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पि पि इ, मास्क, ग्लोव्स आदि अत्यावश्य सामग्री प्रदान गरिएको थियो ।। कार्यक्रममा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, प्रेसिडेन्ट इलेक्ट आदित्य पराजुली, पाष्ट प्रेसिडेन्ट दिपेश ढकाल, चार्टर प्रेसिडेन्ट किशोर पराजुली, सचिव विनोद चापागाई, विगत ओझा ,प्रदिप सरावगी, रमेश पराजुली, लोकवन्धु ढृड्गाना लगायतको उपस्थिति रहेको थियो ।
भद्रपुर नगर क्षेत्र भित्रका स्वास्थ्य चौकीहरूमा ३५ जना स्वास्थ्यकर्मीहरू कार्यरत रहेको तर यस्ता सामग्रीहरू ठुला ठुला अस्पतालहरूले मात्र प्राप्त गर्ने गरेका थिए । आधारभूत स्वास्थ्यको काम गर्ने स्वास्थ्य चौकीतिर कसैको ध्यान नजादा स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गर्नु परेको स्वास्थ्य शाखाका मनोज भ्ट्टराइले बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचाररोटरी क्लवले दियो भद्रपुर नगर सरकारलाई स्वास्थ्य सामग्री
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img