Homeसमाचारभद्रपुर स्थित कोरोना अस्पताल विवाद समाधान समितिले बुझायो ज्ञापनपत्र

भद्रपुर स्थित कोरोना अस्पताल विवाद समाधान समितिले बुझायो ज्ञापनपत्र

भद्रपुर १४ जेठ । नोबल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न विशेष अस्पतालका रूपमा मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई विकास गर्ने सरकारी निर्णय सच्याउन माग गर्दैविवाद समाधान समितिले ज्ञापनपत्र बुझाएको छ ।
समितिका संयोजक भक्त खवासको नेतृत्वमा वडाध्यक्षद्वय गौरव सुब्बा मनोज, बन्धु कार्की, अग्रज पत्रकार गोपाल गिरी, सामाजिक व्यक्तित्व प्रा. डा पृथ्वीविक्रम राई लगायतको टोलीले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा भनिएको छ —‘अस्पतालसंगै जोडेर नव निर्माण भई रहेको अस्पताल भवनमा कोभिड अस्पताल बनाउन उपयुक्त नहुने र अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बनाउँदा जटिल समस्याहरु उत्पन्न भई अस्पतालको सेवा प्रवाहमा नकारात्मक असर पर्ने कुरालाई ध्यानमा राख्दै नव निर्मित अस्पताल भवनको विकल्प भद्रपुर मै खोजियोस् भन्ने जोडदार माग गर्दछौं ।
मेची अञ्चल अस्पताल भनेको विपन्न र निम्न आय भएका आम जन समुदायको आशा र भरोसाको स्वास्थ्य उपचार केन्द्र भएकाले कोभिड अस्पताल वन्ने वित्तिकै पर्ने नकारात्मक प्रभावकाबारेमा नजर अन्दाज गरिनु हँुदैन भन्ने हाम्रो माग हो । मेची अस्पताल अधिक भन्दा अधिक मात्रामा वीमामा आवद्ध भएका रोगी, वृद्ध वृद्धा, न्यून र कमजोर आर्थिक अवस्था भएका परिवारका रोगीहरुको उपचार स्थल हो । यहाँ प्रसुती सेवा, पोषण पुनस्र्थापन गृह, नजिकै क्षयरोगीहरुलाई औषधी खुवाउने क्षयरोग निवारण केन्द्र र रक्त सन्चार केन्द्र पनि छ, जहाँ शारीरिक अवस्था कमजोर भएका मानिसहरूको जमघट वढी हुने र तिनैलाई कोरोना भाईरसले वढी प्रभावित पार्ने विज्ञहरुको सुझाव अनुसार सरकारले जमघट नगर्न, भिडभाडमा नजान आव्हान गरिरहेको अवस्थाका विच त्यस्ता रोगीहरुको आवागमन हुने ठाउँमा कोभिड अस्पताल वनाउदा प्रभाव पर्ने भएरै विराटनगरमा पनि कोशी अञ्चल अस्पतालमा नभई कोशी अस्पतालकै नामवाट अन्यत्र कोभिड अस्पताल सन्चालन गरिएको र नारायणी क्षेत्रीय अस्पतालमा मै कोभिड अस्पताल सन्चालन गर्दा अन्य प्रकारका रोगीहरूले अप्रत्याशित मृत्यूवरण गर्नु परेका दुःखद खवरहरु सुन्दै आएका छौं । तसर्थ कोभिड अस्पताल वनाउने वित्तिकै ती सवै क्षेत्रहरुमा प्रत्यक्ष प्रभाव पर्ने, ती र त्यस्ता शारीरिक अवस्था कमजोर भएका मानिसहरु उपचार गर्न नआउने र आई हालेमा मनोवैज्ञानिक त्रासका वीच आउनु पर्ने हुन्छ । कोभिडवाट बच्नु पर्छ, यस्को उपचार हाम्रै घर पायकमा हुँदा अझ राम्रो हुन्छ तर कोभिडका नाउँमा अन्य रोगीहरु विस्थापित हुने अवस्थाले हामीलाई वढी चिन्तित र दुःखित तुल्याएको हुँदा त्यस तर्फ गम्भीर हुँदै अञ्चल अस्पतालको नव निर्माण जारी रहेको अधुरो भवनमा कोभिड अस्पताल वनाउने कुरामा पुनर्विचार गरियोस् भन्ने जोडदार माग सहित शालीन आग्रह गर्दछौं ।’
झापाकै सुविधा सम्पन्न सरकारी अस्पताल भएर पनि विपन्न समुदायको उपचार केन्द्रका रूपमा रहेको सो अस्पताललाई एकाएक कोरोना उपचार केन्द्र बनाइने निर्णय भएपछि स्वास्थ्य विमा सेवा, न्युन शुल्कमा उपचार लिने नागरिकहरू उपचार गर्न जान नसक्ने अवस्था आउँने भन्दै विवाद उत्पन्न भएको थियो । सिमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्त सञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापन केन्द्र, एच आइ भी उपचार तथा पुनस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र, बाल कल्याण समितिको विद्यालय समेत ५० मिटर दुरी भित्रै पर्दछन् ।
स्थानीयले विकल्पको रूपमा कोभिड १९ अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र वा चन्द्रगढीमा रहेको खाद्य संस्थानको खाली गोदाम मध्ये एकलाई निर्माण गरिनु पर्ने माग विपरित निर्णय आएपछि भद्रपुर ५ र ८ का अधिकाम्स बासिन्दा आन्दोलित भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारभद्रपुर स्थित कोरोना अस्पताल विवाद समाधान समितिले बुझायो ज्ञापनपत्र
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img