Homeसमाचारवर्षातका कारण सिमामा खटिएका सुरक्षाकर्मी आफैं असुरक्षित

वर्षातका कारण सिमामा खटिएका सुरक्षाकर्मी आफैं असुरक्षित

झापा १४ जेठ / सिमानामा दिन रात खट्ने सुरक्षाकर्मीको ओत लाग्ने त्रिपाल समेत हावाले उडाइदिएपछि कष्टकर भोगाइसंगै ड्युटीमा खटिन बाध्य भएका छन् ।
महामारीमा जिम्मेवारी पूरा गर्न खटिएका सुरक्षाकर्मीलाई अहिले हावाहुरी, बतास र पानीबाट कसरी बच्ने भन्ने चिन्ता थपिएको छ ।
न्यूनतम आधारभूत आवश्यकताको कुरा त परको हो, ओत लाग्ने ठाउँसम्म भर पर्दो नहुँदा मावनीय समवेदना नै स्खलित भएको पो हो कि भन्ने अवस्था देखिएको छ ।


पानी पर्दा ओत लाग्ने ठाउँ समेत हावाहुरीले उडाएर आफैं असुरक्षित भएका सुरक्षाकर्मीले सिमानामा सुरक्षा गर्न सक्लान् प्रश्न समेत गर्न थालिएको छ । यो बेला स्थानीय तह, सामाजिक संघ, संस्था, प्रदेश र संघीय सरकारको पनि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउनेतर्फ ध्यान दिन जरुरी देखिन्छ ।
झापाका सिमावर्ती क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीका १५९ वटा अस्थायी पोष्ट रहेको स्रोतले जनाएको छ । ती मध्ये ४१ वटा नेपाल प्रहरीका रहेका छन् भने बाँकी सबै शसस्त्र प्रहरीका विओपी रहेका छन् ।

दिन दिनै पानीसंगै आउने हावाहुरीले नेपाल प्रहरीतर्फका अस्थायी पोष्टका बेरा उडाएपनि बाँसका भाटाले च्यापेर टिनको छानो लगाइएका कारण छानो भने नउडाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । हावा हुरीले बढि मात्रामा शसस्त्र प्रहरीको अस्थायी पोष्टलाई असर पुर्याएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवर्षातका कारण सिमामा खटिएका सुरक्षाकर्मी आफैं असुरक्षित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img