Homeसमाचारझापाका थप १७ जनामा कोरोना, देशभर १ सय १४ जना थपिए

झापाका थप १७ जनामा कोरोना, देशभर १ सय १४ जना थपिए

झापा १४ जेठ । झापामा आज (बुधबार) एकैदिन १७ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको नमूना परीक्षणमा झापा गौरादह नगरपालिकाक–२ र कचनकवल गाउँपालिकाका–१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाउनु भएको छ । यो संगै झापामा संक्रमितको संख्या ५४ पुगेको छ । यसअघि कचनकवलका ३३, बाह्रदशी गाउँपालिकाका–२, झापा गाउँपालिकाका–१ र दमकनगरपालिकाका १ सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये बाह्रदशी र दमक नगरपालिकाका १÷१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो समय कोरोना पुष्टि भएका सबै भारतबाट आएका खुलेको छ ।
झापामा १७ जना संगै आज देशभर १ सय १४ जनामा कोरोना पुष्टि भएको बताइएको छ । प्रवक्ता देवकोटाले कोरोना सम्बन्धि नियमित ब्रिफिङ गर्ने क्रममा दिएको जानकारी अनुसार प्रदेश–१ कै धरानमा गरिएको पिसिआर परीक्षणबाट सप्तरीका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हेटौडा, प्रादेशिक प्रयोगशाला पोखरा, राप्ती, भेरी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणबाट कुल १ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका थप १७ जनामा कोरोना, देशभर १ सय १४ जना थपिए
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img