Homeसमाचारवेपत्ता खोज्न भेरी नदीमा गोताखोर टोली परिचालन

वेपत्ता खोज्न भेरी नदीमा गोताखोर टोली परिचालन

जाजरकोट १४ जेठ । रुकुमको चौरजहारी घटनापछि बेपत्ता रहेका तीनजनाको खोजीका लागि तालिम प्राप्त गोताखेरको टोली भेरी नदीमा परिचालन गरिएको छ । गाउँलेहरुको आक्रमणपछि नदीमा हाम फालेका भनिएका तीनजनाको शव फेला परेको छ भने अझै वेपत्ता अन्य तीनजनाको खोजीका लागि गोताखोर परिचालन गरिएको हो ।
उनीहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्मबाट डीएसपीको कमाण्डमा चार जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालन गरिएको हो ।
जाजरकोटक नवराज बिक प्रेमिकालाई लिन १९ जना युवाका साथ रुकुमको चौरजहारी पुगेपछि केटी पक्षका आफन्त र गाउँलेले आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। उक्त घटनामा दलित समुदायलाई विभेद भएको भन्दै दलित समुदाय आन्दोलित छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवेपत्ता खोज्न भेरी नदीमा गोताखोर टोली परिचालन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img