विराटनगर १४ जेठ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को परीक्षण किट अभाव भएको जनाएको छ। विराटगनरस्थित मन्त्रालयमा मंगलबार राति सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग कोभिड–१९ को पीसीआर परीक्षणको दायरा बढाएसँगै किट अभाव भएको प्रष्ट्याएका छन् ।
संवादका क्रममा मन्त्री घिमिरेले प्रदेश १ मा जेठ र असार भित्रमा ७० हजारको पीसीआर परीक्षण गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिंदै मन्त्री घिमिरेले हाल प्रदेश एकमा पीसीआर परीक्षणका लागि आवश्यक किटको अभाव रहेको बताउनु भएको थियो ।
मन्त्री घिमिरले यसक्रममा ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेहरुको परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनु भएको थयो । स्वास्थ्य मन्त्री घिमिरेसँगै सातै प्रदेशका समाजिक विकास मन्त्रीसँगको संवादका क्रममा मन्त्री घिमिरेले कोभिड–१९ को संक्रमित संख्या दिनानुदिन बढ्दै गर्दा प्रदेश १ सरकारले संक्रमितलाई वर्गिकरण गरेर उपचार गर्ने तयारी गरेको जानकारी गराउनु भएको थियो।
हाल कोभिड–१९ संक्रमितहरुलाई विराटनगरको कोशी अस्पताल अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा राखेर उपचार गर्दै आएको छ । नयाँ तयारी अनुसार अब संक्रमितहरुलाई आइसोलेशनमा राखिने छ। मन्त्री घिमिरेका अनुसार पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पूर्वी पृतना इटहरीमा गरि ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र तयार गर्ने काम भइरहेको छ।
संक्रमितहरुको स्वास्थ्य स्थिति हेरेर उपचारलाई वर्गीकरण गर्दै अघि बढ्ने कार्यमा सरकार लागेको बताएका मन्त्री घिमिरेले कोरोना लक्षण देखिएकालाई अस्पतालमा र रिपोर्ट पोजेटिभ आएकालाई आईसोलेसन उपचार केन्द्रमा राखिने छ ।
प्रदेश–१ मा पिसिआर परीक्षणका लागि किट अभाव

































































































