Homeसमाचारआज राति देखि विर्तामोड सिल हुने

आज राति देखि विर्तामोड सिल हुने

विर्तामोड ८ जेठ । लकडाउनको समयमा पनि नगरक्षेत्रमा मानिस भिडभाड बढेको भन्दै विर्तामोड नगरपालिकाले विहिबार (आज) राति १२ बजेदेखि सिल गर्ने भएको छ । नगरक्षेत्रमा बसोबास गर्नेको समस्यालाई मध्यनजर गर्दै लकडाउनमा कडाइ नसकेको विर्तामोडमा अनाधिकृत रुपमा व्यक्ति र सवारीको चाप बढेको ठहर गर्दैै नगरलाई सिल गर्नुपर्ने अवस्था आएको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले बताउनु भयो ।
नगरप्रमुख शिवाकोटीका अनुसार अब सरकारले जारी गर्ने लकडाउन अवधिभर बिर्तामोड नगरक्षेत्र पूर्णतः बन्द रहनेछ । उहाँका अनुसार सिलबन्दी अघोषित कफ्र्युजस्तै हुनेछ ।
बिरामी बोक्ने एम्बुलेन्स, सञ्चार माध्यमका गाडी, अस्पतालका गाडी, ढुवानीका गाडी, गिटी बालुवा बोक्ने गाडी, औषधी बोक्ने गाडी, दूधको गाडी, कृषि उपज, मल विऊ, कृषि उपज ढुवानी गर्ने गाडी र तिनका परिचयपत्र बाहक कर्मचारी बाहेक अन्य अनाधिकृत प्रवेश र यातायात पूर्णतः निशेध गरिएको नगरप्रमुख शिवाकोटीको भनाई छ ।
भारतमा रेल चल्न थालेपछि दुई देशको सिमानासम्म आएर लुकेर नेपाल प्रवेश गर्नेहरुको संख्या बढेसंगै स्थानीय क्षेत्रमा जोखिम बढ्न सक्ने खतरालाई मध्यनजर राख्दै नगरलाई सिल गर्न लागिएको जनाइएको छ । कचनकवलमा १५ जनामा संक्रमण देखिएको अवस्था र बजार क्षेत्रमा मेलाबजार जस्तै भिड बढीरहेकाले सिलबन्दी जस्तै कठोर कदम चाल्ने बाध्य हुुनु परेको मेयर शिवाकोटीको भनाइ छ ।
नगरबासीको स्वास्थ्य रक्षाका लागि कठोर कदम चाल्न बाध्य हुनुपरेको स्पष्ट पार्दै बिहीबार राति १२ बजेदेखि अर्को सार्वजनिक सूचना जारी नभएसम्म लकडाउनमा कडाई गर्ने सर्वदलीय सर्वपक्षीय निर्णय भएकाले विषम अवस्थाबाट नगरबासीमा पर्न गएको असुविधालाई आफ्नै लागि हो भन्ने बुझिदिन नगरप्रमुख शिवाकोटीले आग्रह गर्नु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआज राति देखि विर्तामोड सिल हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img