झापा ७ जेठ । झापामा भारतबाट आएर कचनकवल गाउँपालिकाकाे क्वारेन्टाइनमा बस्दै आएका थप ५ जनामा कोरोना संक्रमण देखिएकाे छ । याे संगै झापामा काेराेना संक्रमितकाे संख्या १७ पुगेकाे छ । पछिल्लो रिपोर्टसंगै कचनकवलमा मात्रै काेराेना संक्रमितकाे संख्या १५ पुगेकाे छ ।
प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा गरिएको परीक्षणमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको बताइएकाे छ ।
यसअघि मंगलबार कचनकवलमा रहेको क्वारेन्टाइन रहेका ८ जना र साेमबार १ एकजनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे भने केही दिन अघि बारदशी र दमकमा १/१ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे ।
उनीहरु शनिवार भारतकाे मुम्बईबाट नेपाल आएका हुन । सबैको उपचार कोभिड अस्पताल विराटनगरमा हुने बताईएको छ ।
बुधबार कचनकवलकाे काेराेना संक्रमित देखिएकाे कचनकवलकाे १ नं प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित जिल्लाका सराेकारवालाले अवलाेकन गरेका छन् ।
बुधबार पनि झापाका बिभिन्न गाँउपालिकामा २ सय ५० भन्दा बढि नेपाली भारतबाट आएकाछन् । केहि दिन अघिदेखि निर्माण क्षेत्रमा लुकिछिपी भारतीय कामदारहरु आएको पनि अपुष्ट रुपमा आवाज उठिरहेको छ । तर स्थानीय तहहरुमा स्वाब परीक्षण जुन रुपमा हुनु पर्ने हो त्यो नभएको पनि आवाज उठ्दै आएको छ । जाँचको दायरा बढेका कारण संख्या बढेको पनि जनाईएको छ ।
झापामा थप ५ जनामा संक्रमण, जाेखिम बढ्दै

































































































