Homeसमाचारकन्टेनरमा लुकेर आएका भारतीय ५० काभ्रे प्रशासनको नियन्त्रणमा

कन्टेनरमा लुकेर आएका भारतीय ५० काभ्रे प्रशासनको नियन्त्रणमा

काठमाडौं ४ जेठ । कन्टेनर भ्यानमा लुकेर आएका ५० भारतीय नागरिकलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट विहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई काभ्रेपलाञ्चोकले नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती भारतीय नागरिक जल्केनीमा विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन् । आज बिहान करिब ८ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गस्थित जङ्गल क्षेत्रमा कन्टेनरबाट ओरालिएको थियो ।
नियन्त्रणमा लिइएका नागरिकलाई जहाँबाट आएको त्यही फर्काउने वा अन्य कुनै सावधानी अपनाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको प्रजिअ तिमल्सिनाले बताउनु भयो । “नियन्त्रित भारतीय नागरिकलाई जहाँबाट आएको उतै फर्काउने वा अन्य कुनै प्रक्रियमा जाने भन्नेबारे सम्बन्धित निकायसँग थप छलफल हुँदैछ, बिनासूचना यसरी मानिस ल्याएर छाड्न पाइँदैन”, तिमल्सिनाले भने। उनले ती नागरिकका बारेमा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकन्टेनरमा लुकेर आएका भारतीय ५० काभ्रे प्रशासनको नियन्त्रणमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img