Homeसमाचारपूर्वी दक्षिणी सीमामा भारतीय नागरिकको दादागिरी : प्रहरीले गोली चलायो

पूर्वी दक्षिणी सीमामा भारतीय नागरिकको दादागिरी : प्रहरीले गोली चलायो

झापा ४ जेठ । दक्षिणी झापाको कचनकवल १ स्थित नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली सुरक्षा कर्मीमाथि बल प्रयोग गरी जवरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि गोली चलेको छ ।
झापा प्रहरीले दिएको जानकारी अनुसार सय बढी भारतीय नागरिकले नेपाली सुरक्षाकर्मी र अस्थायी पोस्टमा आक्रमणको प्रयास सहित नेपाल प्रवेश गर्न खोजेपछि सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रतिकार गर्दै हवाई फायर गरेका हुन् ।
कचनकवल १ स्थित घेराबारीमा रहेको १२५र १० नम्बरको सीमा पिलर नजिकै खटिएका सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रहरीका अनुसार शनिवार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेका थिए । प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए ।
यता भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग जानकारी गराइसकेका छौ, उपरीक्षक कोइरालाले भने, ‘साँझ घटना घटेकोले आइतबार यस विषयमा भारतीय एसएसबीसँग छलफल गर्छौ ।’
दक्षिणी सीमा क्षेत्रमा केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही विषयलाई लिएर उनीहरू फेरि आएको बताइएको हुन सक्ने अनुमान गरिएको छ ।
बैशाख २२ गते झापा गाउँपालिका ४ स्थित सुकुम्वासी बस्ती नजिक रहेको १३१ नम्बर सीमा पिलर क्षेत्रमा रहेको अस्थायी पोष्टमाथिको आक्रमण प्रयास भएपछि सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गर्नु परेको घटना सेलाउन नपाउँदै पूर्वी दक्षिणी सिमाना घेरावारी क्षेत्रमा भारतीयको दादागिरी देखिएको छ ।
यसअघि दुई जना भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न नदिएको भन्दै डेढ सय बढी भारतीय नागरिक आएर आक्रमणका प्रयास गरेका थिए । त्यसको भोलि पल्ट भारतीय एसएसबीको सहकार्यमा भारतीय नागरिकहरूले गल्ती स्विकार्दै माफी मागेका थिए । तर, भारतीयको मिचाह प्रवृत्ति सच्चिन सकेको छैन । गल्ति गर्ने र माफीको नाटक गर्ने प्रबृत्ति नरोकिएको प्रति सुरक्षा चिन्ता बढाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपूर्वी दक्षिणी सीमामा भारतीय नागरिकको दादागिरी : प्रहरीले गोली चलायो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img