Homeसमाचारदार्चुलाको छाङरुमा पुग्यो शसस्त्रको टोली

दार्चुलाको छाङरुमा पुग्यो शसस्त्रको टोली

काठमाडौं ३१ बैशाख । नेपाली सेनाको हेलिकप्टरमार्फत शसस्त्र प्रहरीको टोली दार्चुलाको छाङरु पुगेको छ। बुधबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सदरमुकाम खलंगा हुँदै दिउँसो २५ जना शसस्त्रका प्रहरी लिएर छाङरु पुगेको हो।


भारतले अतिक्रमण गरेका कालापानी भन्दा २५ किलोमिटर तल रहेको छाङरुमा स्थापना हुन लागेको बोर्डर आउट पोष्ट–बिओपीले लिपुलेक–कालापानी क्षेत्रमा पर्ने नेपाल–भारत सीमाको रेखदेख गर्नेछ।
सरकारले गत मंसिरमा बिओपीको संख्यालाई एक सय ७ बाट २ सय २१ पुर्याउँदा छाङरुमा पनि बिओपी बनाउने निर्णयमा उल्लेख गरिएको भएपनि प्रतिकुल जग्गा प्राप्तिमा ढिलाई, भौतिक संरचनाको अभावलगायत कारणले बिओपी बन्न नसकेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।
भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपालमा विरोध सुरु भएसँगै नेपाली फौज छाङरु पुगेको हो। भारतले नेपाली भूमि दार्चुलाको लिपुलेक–कालापानी हुँदै तिब्बतस्थित कैलाश मानसरोवर जाने बाटो निर्माण गरी उद्घाटन समेत गरिसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारदार्चुलाको छाङरुमा पुग्यो शसस्त्रको टोली
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img