झापा १ जेठ । भारतबाट काँकडभिट्टा हुँदै नवलपरासी पुगेका ४९ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर–१२ घरका ती पुरुष बैशाख २५ मा भारतको कोलकाताबाट हिँडेका उनी ३० गते चितवनको भरतपुर पुगेका थिए ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको बताउनु भयो ।
३० गते राति ११ बजे उनलाई सोझै भरतपुर कोरोना अस्पतालमा लगिएको थियो । कोलकाताबाट औषधी बोकेको गाडीमा काँकडभिट्टासम्म आएका उनी काँकडभिट्टाबाट पनि औषधी बोकेको गाडीमै भरतपुरसम्म पुगेको खुलेको छ ।
झापा हुँदै नवलपरासी पुगेका पुरुषमा कोरोना पुष्टि

































































































