काठमाडौं ३१ बैशाख । मंगलबार भक्तपुरमा फेला परेका दुई कोरोना संक्रमित बसेको क्षेत्र सिज गरिएको छ। पूर्वगृह मन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका प्रहरी जवान बसेको दुवाकोट क्षेत्र र नर्स बसेको नयाँ ठिमी क्षेत्रलाई सिज गरिएको भक्तपुरका प्रहरी प्रमुख सविन प्राडाले जानकारी दिनुभयो।
मंगलबार भक्तपुरमा दुई, काठमाडौँ एक जनासहित थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। थप व्यक्तिहरुमा संक्रमण रोकथामका लागि उनीहरु बसेको क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको प्रहरी प्रमुख प्राडाको भनाई छ।
कोरोना संक्रमण जोखिम रोक्नका लागि सरकारले बुधबार लक डाउनलाई थप कडाइ गरेको जनाइएको छ ।
भक्तपुरमा कोरोना संक्रमित बसेको क्षेत्र सिज

































































































