Homeसमाचारलकडाउन खुकुल्याएकोप्रति प्रधानमन्त्री उपप्रधानमन्त्रीसंग आक्रोशित

लकडाउन खुकुल्याएकोप्रति प्रधानमन्त्री उपप्रधानमन्त्रीसंग आक्रोशित

काठमाडौं ३० बैशाख । लकडाउन खुकुलो पार्ने उच्चस्तरीय समितिको निर्णयप्रति असन्तुष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्ने नेतृत्वकर्ता उपप्रधानमन्त्री समेत रहेका समितिका संयोजक ईश्वर पोखरेलमाथि आक्रोशित नै पोख्नुभयो ।
बैठकको सुरुमै आधाघण्टा भन्दा बढी समय कोरोनाबारे बोल्नु भएका प्रधानमन्त्री ओेलीले काठमाडौमा पनि लकडाउन छ र ? भन्दै व्याङ्ग्यात्मक प्रश्न गर्नुभएको थियो ।
केही दिनदेखि काठमाडौंका सडक नै जाम हुन थालेका दृश्य सञ्चारमाध्यममार्फत आफूले देखेको भन्दै प्रधानमन्त्री ओलीले ‘के लकडाउनमा गाडी जाम हुन्छ ? कस्तो लकडाउन हो यो’ भन्दै थप प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, मलाई त काठमाडौं लकडाउनमा छ भन्ने विश्वास छैन । अनावश्यक गाडीहरु पनि गुडिरहेको, कपडा पसलहरु समेत खुलेको र सडकमा यातायात जाम भएको दृश्य देखिन्छ । तपाईंहरु यसैलाई लकडाउन मान्नुहुन्छ भने बेग्लै कुरा’, प्रधानमन्त्री ओलीले उच्चस्तरीय समितिका संयोजक समेत रहेका मन्त्री पोखरेलतर्फ संकेत गर्दै भन्नुभएको थियो ।
प्रधानमन्त्रीको प्रश्नबारे जवाफमा उपप्रधानमन्त्री तथा समिति संयोजक पोखरेलले अत्यावाश्यक सेवाका क्षेत्रलाई लकडाउन खुकुलो पारेको जवाफ दिएपनि पोखरेलको जवाफले प्रधानमन्त्री ओलीको चित्त बुझाउन नसकेनको स्रोतले जनाएको छ ।
‘लकडाउनको बेवास्ता गर्दा अरु देशमा के के भएको छ ? तपाईंहरुलाई पनि थाहा नै होला नि । मानिसहरुको जीवनरक्षा ठुलो कुरा हो । त्यसपछि व्यापार व्यवसायको कुरा आउँछ’, प्रम ओलीले भन्नुभयो , ‘मानिस नै नरहे केलाई चाहियो धनसम्पत्ति र सुनँचादी ? त्यसैले यो हेलचेक्र्याई गर्ने बेला हुँदै होइन । तत्काल लकडाउन कडा बनाउने र मानिसहरुलाई सुरक्षित गर्ने प्रयास हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले यसरी लकडाउन खुकुलो पार्दै जाने र मानिसहरु जथाभावी हिँड्न नछोड्ने हो भने स्थिति काबुभन्दा बाहिर जानसक्ने स्मरण गराउनु भएको थियो ।
प्रधानमन्त्री ओलीको उक्त असन्तुष्टिपछि मन्त्री पोखरेलले तत्काल उच्चस्तरीय समितिको बैठक बोलाएर लकडाउनबारे थप निर्णय गरिने भन्दै प्रधानमन्त्रीलाई आश्वस्त पार्ने प्रयास गर्नुभएको थियो । त्यसक्रममा प्रधानमन्त्रीले संक्रमितहरु बढ्दै जानुले अब नागरिकले समेत ध्यान दिनुपर्ने बेला आएको भन्दै जनतालाई बुझाउने काम समेत सरकारको रहेको बताउनु भयो ।
‘यो समस्या सरकार एक्लैले गरेर मात्र पनि समाधान बताउँदै प्रम ओलीले कसैले पनि हेलचेक्र्याई गर्नु नहुनेमा जोड दिनुभयो ।
कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यका सहित देशैभर शुक्रबारबाट लकडाउन खुकुलो पारिएको छ ।
लकडाउन खुकुलो पारिएसँगै सडकमा जाम हुन थालेको छ भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थादेखि हार्डवेयर लगायतका अधिकांश पसलहरु खुलेका छन्
मंगलबारमात्रै नेपालमा ५७ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । दिनहुँ कोरोना संक्रमित थपिने क्रम बढ्न थालेपनि सर्वसाधारणमा त्रास बढेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलकडाउन खुकुल्याएकोप्रति प्रधानमन्त्री उपप्रधानमन्त्रीसंग आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img