विर्तामोड २९ बैशाख । कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सरकारले गरेको लकडाउनमा सर्वसाधारणको दैनिकी सहज गराउनका लागि विर्तामोड नगरपालिकासंग विभिन्न ५० वटा सहकारीले सहकार्य गरेका छन् ।
अधिकतम विर्तामोडमा मुख्य वा शाखा कार्यालय रहेका सहकारीले नगरपालिकाले कोरोना संक्रमण जोखिम व्यवस्थापनका तथा राहत कोषमा नगद तथा भौतिक सामग्री प्रदान गरेको नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले जानकारी दिनुभयो ।
नगरपालिकाले स्थापना गरेको राहत कोषमा सहकारीहरुले १८ लाख सात हजार आठसय २३ रुपैयाँ नगद, एकलाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा दुईलाख ४५ हजार मूल्य बढीको चामल सहयोग गरेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।
यसरी सहयोग गर्नेहरुमा बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय सहकारी, कृषि सहकारी, महिलाहरुद्वारा सञ्चालित सहकारी लगायत विभिन्न प्रकृतिका सहकारीहरुले संक्रमणमा नगरले स्थापना गरेको कोषमा सहयोग गरेर सहकार्य गरेको सहकारी अधिकृत दाहालले बताउनु भयो ।
राहत कोषमा सहकारीको १८ लाख बढी नगद सहयोग

































































































