Homeसमाचारलकडाउनमा सिरीजङ्गा लिपी लेखन र मातृभाषा सिक्दै

लकडाउनमा सिरीजङ्गा लिपी लेखन र मातृभाषा सिक्दै

दिलकुमार लावती
दमक २८ वैशाख ।
चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले विश्वको जोखिम विश्वभर फैलिएसंगै अहिले विश्वका धेरै देशहरु लकडाउनको अवस्थामा छन् ।
कोरोना भाइरसबाट बच्नको लागि आवात–जावतलाई न्यूनिकरण गरि भाइरस नियन्त्रण गर्ने उत्तम उपाय नै लकडाउन भएको निष्कर्षका साथ एक देशबाट अर्को देश, एक ठाउँबाट अर्को ठाउँमा आवात–जावत बन्द गरेर वाक्क–दिक्क मानेर मानिसहरु आ–आफ्नो घरमा होम क्वरेन्टाइनमा बसेका छन् ।
लकडाउनको यस्तै बसाइमा नेपालका पूर्वी जिल्ला झापाको दमक नगरपालिका वडा नं.–१ सिरीजङ टोलमा बसोबास गर्ने किरात लिम्बु र राई जातीहरुमा पनि परेको छ । सिरीजङ टोलको पहल र लिम्बु साहित्यमा दखल राख्नु हुने साहित्यकार सर्जक भाषाविद सेसेमी से नाल्बोको अगुवाइमा किरात सिरीजङ्गा लिपी भाषा प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।


सो टोलमा स्थायी बसोबास भएका ५० जना प्रशिक्षार्थीहरुले लिपी लेखन र भाषा प्रशिक्षण लिइरहेको टोलकी अभियन्ता इक्सा सम्बाहाम्फेले भाषा लेखन सम्बन्धी प्रशिक्षण भएको टोल विकास संस्थाका अध्यक्ष रचना लावतीले भाषा लेखन र प्रशिक्षण भइरहेको बताउनु भयो ।
पछिल्लो पुस्तामा आ–आफ्नो भाषा बोल्ने प्रचलन हट्दै गइरहेको प्रति चिन्तित हुँदै साहित्यकार नाल्बोले अबका पुस्ताहरुलाई कम्तिमा पनि किरात सिरीजङ्गा लिपि लेखन र प्रशिक्षण अत्यन्तै अपरिहार्य भएको बताँउछन् । देश संघीयतामा गएसंगै अब प्रदेशस्तरमा पनि मातृभाषा शिक्षामा जोड्दिनु पर्ने बताउनु भयो ।
लकडाउनको समयमा आफ्नो टोलमा यसरी मातृभाषा शिक्षा अध्यापन गर्न पाएकोमा खुशी लागेको अध्यक्ष लावतीले बताउनु भयो। टोलमा बसेका लिम्बु, राई मात्र नभएर अन्य थरीहरुलाई समेत सिरीजङ्गा लिपी प्रशिक्षणमा प्रोत्साहन गरिएको उहाँको भनाई छ ।


गाउँ–गाउँमा आ–आफ्नो मातृभाषा शिक्षा लागू गरेर भाषा विकासमा जोड्न दिन सरकारसँग अपेक्षा गरेको भाषा शिक्षिका लावतीले अनुरोध गर्नु भएको छ । आफ्नै टोल गाउँमा यसरी आफ्नो मातृ भाषा शिक्षा र सिरीजङ्गा लिपि लेखन प्रशिक्षण गर्न पाउँदा कक्षा ११ मा अध्ययनरत विद्यार्थी माङ्सको भनाई छ । लकडाउनको समयमा बालबालिकालाई विकृति विसंगतीमा जानबाट रोक्न मातृभाषा शिक्षा सिकाईले मद्दत पुग्ने टोलका सचिव तारा देवी राई बताउनु भयो ।
त्यसैगरी लकडाउनको समयमा तेह्रथुमको फेदाप गाउँपालिका वडा नं. ५ इसिबुमा पनि १ महिने किरात सिरीजङ्गा लिपी लेखन तथा मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको समाजसेवी सेसेहाङ् चोङ्बाङ्ले बताएका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै मातृभाषा शिक्षा लिनको लागि ३० जना प्रशिक्षार्थीहरु सहभागी भएका छन् । उक्त प्रशिक्षण कार्यको सहजीकरण धननारायण हाङस्रोङ र जितेन हुक्पाचोङबाङ्ले गर्नुभएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलकडाउनमा सिरीजङ्गा लिपी लेखन र मातृभाषा सिक्दै
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img