Homeसमाचारतलब नदिएकोप्रति इस्टुको ध्यानाकर्षण

तलब नदिएकोप्रति इस्टुको ध्यानाकर्षण

भद्रपुर, २७ बैशाख । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले भद्रपुर क्षेत्रका अधिकाम्स संस्थागत विद्यालयहरूले शिक्षक तथा कर्मचारीहरूको काम गरिसकेको समयको तलब नदिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियन नगर समितिको आकस्मिक बैठकले शैक्षिक वर्ष २०७६ सालको चैत्र महिनाको शिक्षक कर्मचारीको पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले अन्याय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको ठहर गरेको हो । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा संस्थागत विद्यालयमा काम गरेर जीविका चलाइरहेका शिक्षक तथा कर्मचारीहरूले काम गरेको समयको तलव भत्ता रोकेर विद्यालय सञ्चालकले बौद्धिक श्रमिकको बाच्न पाउँने अधिकारमाथि नै हस्तक्षेप गरेको ठहर समेत गरेको छ ।
वर्षभरी विद्यालयको उन्नति प्रगतिका लागि परिश्रम गर्ने शिक्षक कर्मचारीलाई बन्दको बाहना देखाएर दिनु पर्ने पारिश्रमिक रोकेर विद्यालय सञ्चालकहरूले सडकमा माग्ने अवस्थामा पुर्याएको प्रति खेद समेत प्रकट गरिएको छ । विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा चैत्र पहिलो हप्ता भित्रै अधिकाम्स अभिभावकहरूले वार्षिक शुल्क समेत तिरिसकेको भए पनि पैसा नउठेको बाहना बनाएर तलव दिन आनकान गर्ने कार्य नैतिक रूपमा पनि पतनोन्मुख घटना भनि आपत्ति जनाइएको छ ।
बैठकमा नगर उपाध्यक्ष विदुर ढुंगाना, सचिव खिलनाथ पाण्डे, सदस्य देवीप्रसाद सुवेदी, रमेश भट्टराई, सनम बाँडा, विवेक चौलागाई लगायतले धारणा राख्दै भोकमरीमा परिसकेका शिक्षक कर्मचारीको पाउनु पर्ने पारिश्रमिक अविलम्ब भुक्तानी गर्नु पर्ने माग राखेका छन् ।
त्यस्तै बैठकमा संस्थागत विद्यालयको शैक्षिक उन्नयनमा अहोरात्र खटिने शिक्षक कर्मचारीको दैनिक गुजाराको आधार विद्यालय भएको वास्तविकता बुझेर सञ्चालकहरूले नाफा घाटाको नजरबाट नहेर्नका लागि समेत आग्रह गरिएको छ ।
यता संस्थागत विद्यालय सञ्चालकहरूको साझा संस्था प्याब्सन भद्रपुर नगर अध्यक्ष डिल्ली दुलाल भने काम गरिसकेको समयको पारिश्रमिक रोक्नु नहुने भन्दै शिक्षक कर्मचारीको दैनिक गुजारा चलाउन परेको समस्या समाधानका लागि विद्यालय सञ्चालक जिम्मेवार रहनु पर्ने बताउँछन् ।
संस्थागत विद्यालय शिक्षक युनियन प्रदेश १ का सहसचिव राजु वराल भने गएको शैक्षिक वर्षको अधिकाम्स शुल्क उठाइ सकेका संस्थागत विद्यालय सञ्चालकहरूले अटेर गरेर शिक्षक कर्मचारीको पारिश्रमिक रोक्नु कानुनी अपराध भएकोले श्रम अदालतको ढोका ढकढकाउनु पर्ने अवस्था आएको बताउँछन् ।
भद्रपुर नगर क्षेत्रमा ३३ वटा संस्थागत विद्यालय रहेकोमा ३ वटा विद्यालयले मात्र चैत्र महिनासम्मको पूरै पारिश्रमिक भुक्तानी गरेको र २ वटाले आधा पारिश्रमिक दिएको कर्मचारीलाई उल्लेख गर्दै बताइएको छ ।
बैठकमा बैशाख महिना समेत सकिन लाग्दा चैत्र महिनाकै पारिश्रमिक दिन आनकान गर्ने विद्यालयहरूलाई अविलम्ब तलव भत्ता भुक्तानी गरेर शिक्षक कर्मचारीको निभ्न लागेको चुल्हो बल्ने वातावरण निर्माण गरिदिन विद्यालय सञ्चालकहरूसित अनुरोध गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतलब नदिएकोप्रति इस्टुको ध्यानाकर्षण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img