दमक १३ बैशाख । दमकका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि दमकसंग सिमाना जोडिएका छिमेकी स्थानीय तहहरुले पनि सतर्कता अपनाउन थालेका छन् ।
दमकसंग सिमा जोडिएको कमल गाउँपालिकाले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेको छ । शनिवार (आज) बिहान प्रदेश सांसद अर्जुन राईको विशेष उपस्थितिमा बसेको बैठकले दमक नगरपालिकामा कोरोना संक्रमित फेलापरेसंगै त्यसको प्रभाव कमल गाउँपालिकामा समेत पर्ने ठहर गर्दै लकडाउनलाई अझ कडा बनाउनेसहित विभिन्न निर्णय गरेको हो ।
गाउँपालिकामा विदेशबाट आएर होम क्वरेन्टाइनमा बसेकाहरुको कोरोना परीक्षण गर्न आरडिटी किट अभाव भएकोले प्रदेश सरकारसंग माग गर्ने, दैनिक बिहान ११ बजे देखी २ बजेसम्म मात्र अत्यावश्यक सामान (खाद्यान्न र तरकारी)–का पसलहरु खुल्ला गर्ने, सुरक्षा व्यवस्थालाई थप कडाई गर्ने लगायतका निर्णय भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिनुभयो ।
उता दमकसंग सिमा जोडिएको मोरङको उर्लाबारी नगरपालिकामा शुक्रबारै आकस्मिक बैठक बसी लकडाउनलाई अझ प्रभावकारी बनाउने र परीक्षणको दायरा बढाउने निर्णय गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिनुभयो ।
सतर्कता अपनाउँदै छिमेकी स्थानीय तह

































































































