Homeसमाचारकनकाईका मेयर विरुद्ध अख्तियारमा उजुरी

कनकाईका मेयर विरुद्ध अख्तियारमा उजुरी

सुरुङ्गा १२ बैशाख । लकडाउनको मौका छोपी विना अनुमति सरकारी जमिनको रुख काट्न आदेश दिने कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल विरुद्ध अख्तियारमा मुद्दा दायर भएको छ ।
पूर्व–पश्चिम राजमार्गस्थित कनकाई नगरपालिकाको दुर्गापुर–सुरुङ्गा सडक खण्डमा सडक विभागको जमिनमा पर्ने मसला जातका ४ थान रुखहरु विना अनुमति कटाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग १ नम्बर प्रदेशको इटहरीस्थित कार्यालयमा स्थानीय–१० जनाले शुक्रबार (आज) सामुहिक रुपमा मुद्दा दर्ता गरेका हुन् ।

सरकारी जमिनमा भएका रुख काट्न आधिकारिक आदेश दिने जिल्ला वन कार्यालयको आदेश विना रुख काटिएको भन्दै स्थानीयले अख्तियारमा सि–०३१७०५ नम्बरमा मुद्दा दर्ता गरेका हुन् ।
जिल्ला वन कार्यालयको अनुमति विना मेयर पोखरेलको निर्देशनमा काटिएका रुखका गोलिया सेक्टर वन कार्यालय सुरुङ्गामा राखिएको सेक्टर वन कार्यालयका कार्यवाहक प्रमुख राजिव घिमिरेले जानकारी दिनुभयो ।
गत सोमबार नगरपालिकाकै उपकरण प्रयोग गरी जिल्ला वन कार्यालयको अनुमति विना काटिएका रुखको ११०.३३ क्युफिक परिणाममा रहेको बताइएको छ ।
प्रक्रिया विना नै रुख काटिएको कुरा थाहा पाएपछि जिल्ला वन कार्यालय मातहतको सेक्टर वन कार्यालय सुरुङ्गालाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले निर्देशन दिएको सञ्चारकर्मीलाई जानकारी दिनुभएको थियो ।
सरकारी जमिनमा भएका रुख काट्नका लागि वन कार्यालयको समितिले जाँचबुझ गरी काट्न पर्ने ठहराएपछि मात्र काट्न पाइन्छ । तर ती रुख काट्न पर्ने थियो या थिएन भन्ने ठहर्याउनु अघि कटानका लागि माग नै नगरिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकनकाईका मेयर विरुद्ध अख्तियारमा उजुरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img