बिराटनगर ११ चैत । सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाउँपालिका-३ का कृपानन्द मेहताको २ बर्षीय छोरा शिवराज मेहताको आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको हाे ।
मंगलबार बिहान साँढे १० बजे बालक पानीमा डुबेर मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थियो । घटनाबारे अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।
यसैगरी पाैडी खेल्न गएका माेरङ बेलवारी-२ का २२ वर्षीय मित्र याक्खाकाे लोहन्द्रा खोलामा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो अचेत अबस्थामा फेला परेका याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
डुवेर दुइकाे मृत्युु

































































































