Homeसमाचारसिमानामा गाईको स्तम्भ

सिमानामा गाईको स्तम्भ

भद्रपुर ६ चैत्र । हिन्दूहरुले लक्ष्मी भगवानको रुपमा पुज्ने गरेको राष्टिूय जनवार गाईको झापाको भद्रपुर र हल्दिवारी गाउँपालिकाको सिमानामा गाईको शालिक बन्ने निश्चित भएको छ । नेपाल गौ संरक्षण समिति झापाले भद्रपुरसंग सिमाना जोडिएको हल्दिवारी(२ स्थित भेलागढी सामुदायिक भवन छे्उमा रहेको सार्वजानकि बाटो चौकमा विहिवार आयोजित कार्यक्रमका बीच बाछाले दुध खाँदै गरेको सेतो गाईको शालिक निर्माणको शिलान्यास गरिएसंगै शालिक बन्ने निश्चित भएको हो ।
शालिक निर्माण कार्यको शिलान्यास गौलो गोवर्धन गौशाला शिवसत्तासी झापाका अध्यक्ष नन्दकिसोर भारध्वजले गर्नु भएको थियो । हिन्दू राष्टू नेपालमा गाइृको तस्कर र गौहत्याका विभिन्न घ्नाहरु घट्ने गरेको र यस्ता घट्नाको नियान्त्रण र निरुत्साहित गर्ने उदेश्यले शालिक नर्माण गर्न लािगएको गौसंरक्षण समिति झापाका अध्यक्ष दुर्गाप्रसाद पाठकले बताउनु भयो ।
उहाँले भारतको राजस्थानमा बाछोले दुध खादै गरेको सेतो सिला वनाउन दिइसकेको बताउदै निर्माण कार्य सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो । गाईको शालिक निर्माण सम्पन्न गर्न हल्दिवारी गाँउपालिकाको एकलाख रुपैयाँ आर्थिक सहयोग सहित विभिन्न दाताहरुको सहयोगमा ९ लाख रुपैयाँको लागतमा शालिक निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक गणेशप्रसाद पौडेलले बताउनु भयो । उहाँले शिलान्यास गरिएको ३ महिना भित्रमा निर्माण कार्य सम्पन्न गरि सक्ने लक्ष्य समितिको रहेको बताउदै सबै पक्षले यस पवित्र कार्यमा सहयोग गर्न समेत आग्रह गनूृ भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसिमानामा गाईको स्तम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img