Homeसमाचारनारी कल्याणले गर्यो पूर्णिमाको रकम हस्तान्तरण

नारी कल्याणले गर्यो पूर्णिमाको रकम हस्तान्तरण

बिर्तामोड ६ चैत । नारी कल्याण समाज झापाले ‘माया घर इटहरी’ मा बुझाएकी मानसिक सन्तुलन गुमाएकी पूर्णिमा गौतमको उद्दारका क्रममा फेला परेको दुईलाख ४२ हजार रुपैयाँ माया घरका सचिवलाई हस्तान्तरण गरेको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडको समन्वयमा नारी समाज कल्याण झापाका अध्यक्ष प्रेमा भट्टराईले माया घरकी सचिव सुभद्रा प्याकुरेल सुवेदीलाई दुईलाख ३४ हजार दुईसय नेरु र आठ हजार पाँच सय भारुसहित उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।
माया घरको संरक्षणमा रहेकी गौतमको स्वास्थ्य अवस्था ठिक भएपछि उहाँलाई पुर्नस्थापना गर्दा उक्त रकमसहित फिर्ता गर्ने, गौतमलाई माया घरबाट पुर्नस्थापना गर्दा समाज कल्याण झापाको पनि उपस्थितिमा मात्र गर्ने सहमति भएसंगै स्वयं गौतमको समेत उपस्थितिमा रकम हस्तान्तरण गरिएको अधिकारकर्मी दिपक दासले जानकारी दिनुभयो ।
समाज कल्याणले गत फागुन २ गते ती महिलालाई माया घरमा बुझाएको थियो । माघ २२ गते सुरुङ्गामा अस्वभाविक हाउभाउ देखाउँदै हिडिरहेको अवस्थामा स्थानीयले ती महिलालाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । सो पश्चात इलाका प्रहरी कार्यालय विर्तामोड हुँदै गौतमलाई उपचारार्थ विर्तामोडस्थित विएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो ।
वीएण्डसीको हस्पिटल ब्यवस्थापनले नारी कल्याण समाजलाई उनको अवस्थाबारे जानकारी गराएपछि उद्धार गरिएको थियो ।इन्डिया घर बताउने उनले स्पष्ट ठेगाना भन्न नसकेका कारण समस्या भएपछि संरक्षणका लागि माया घर पुर्याइएको थियो ।
सो अवसरमा माया घरका तर्फबाट उपाध्यक्ष, सचिव र सहसचिवको उपस्थिति रहेको थियो भने समाज कल्याणका अध्यक्ष भट्टराई, जनप्रतिनिधि हर्कमाया विश्वकर्मा, मानवअधिकारकर्मी रेखा अधिकारी, दिपक दास लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनारी कल्याणले गर्यो पूर्णिमाको रकम हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img