Homeमहिलासामुहिक तरकारी खेतीको अभ्यास गर्दै महिलाहरु

सामुहिक तरकारी खेतीको अभ्यास गर्दै महिलाहरु

अर्जुनधारा ५ चैत । झापा अर्जुनधारा नगरपालिका–९ का महिलाहरु यतिबेला सामुहिक खेतिको अभ्यास गरिरहेका छन् । २०७४ सालमा स्थानीय २५ जना महिलाहरु संगठित भएर समूह गठन गरिएको थियो । पछिल्ला दुईवर्षयता सोही समूहमार्फत सामुहिक खेती गर्दै आएको पाथीभरा महिला कृषक समूहकी अध्यक्ष नारायणी खतिवडा दाहालले बताइन् ।


संस्थाले हाल जमिन भाडामा लिएर सामुहिक तरकारी खेती गर्दै आएको छ । महिलाहरुले यसअघिको सिजनमा काँक्रा, करेला, लौका,फर्सि लगायतका तरकारी उत्पादन गरेका थिए । यो सिजनमा सामुहिक आलु खेती गरिएको अध्यक्ष दाहालले बताइन् ।
अघिल्लो सिजनमा लगाएको अग्र्यानिक तरकारीले लगानी अनुसारको बजार पाउन नसकेपनि खर्च धानेको बताउँदै उनले यो सिजनको आलु उत्पादनले भने आशा जगाएको बताइन् । उनले भनिन्–‘अग्र्यानिक उत्पादन र पारीबाट ल्याएको सब्जीको मूल्य उस्तै भएपछि गाउँ–घरमै विक्री गर्यौं ।’ अग्र्यानिक उत्पादन विषादी प्रयोग गरिएको जस्तो सलक्क परेको हुँदैन । उपभोक्ताको नजर स्वस्थ्यकर भन्दा पनि सुन्दरतातर्फ मोडिएपछि अग्र्यानिक तरकारीले मूल्य पाउन नसकेको पाथीभरा महिला समूहमा आबद्ध महिलाहरुको बुझाइ छ ।
पहिलोपटक गरेको अभ्यासबाट घाटा व्यहोर्नु नपरेपछि आशावादी भएका उनीलाई यो वर्ष गरेको सामुहिक आलु खेतीले भने हौसला बढाएको समूहकी सचिव यमुना तिवारीले जानकारी दिइन् । उनले भनिन्–‘सामुहिक खेती गर्दा हुने नै रहेछ भन्ने अनुभव चै भयो ।’ गतवर्ष गरेको तरकारी खेतीले बजार लिन नसकेपनि खर्च उठाएर जग्गाको भाडा तिर्न सकेको जानकारी दिंदै उनले भनिन्–‘अग्र्यानिक उत्पादनले सोचेजस्तो बजारमूल्य नपाएपनि जग्गाको भाडा तिर्न पुग्यो ।’

यो वर्ष लगभग दुईमन आलुको बिऊ रोपेका उनीहरुको २५ सदस्यीय समितिमा प्रति सदस्य भागमा झण्डै अढाइ/अढाइ मन जस्तो परेको समितिका सदस्यहरु बताउँछन् । कुनै सरकारी निकायबाट तरकारी खेती सम्बन्धी तालिम नलिएपनि सामुहिक खेती गर्नुपूर्व व्यक्तिगत रुपमा आ–आफूले गर्दै आएको तरकारी खेतीको अनुभव सामुहिक खेतीमा लगानी गरेको सचिव तिवारीको भनाई छ ।
त्यसअघि गाउँ–घरका बृद्धमाताहरु आवद्ध समूहलाई गाउँमै कृषि सम्बन्धी ज्ञान भएका अग्रजहरुले आइपीएम (तरकारी खेती सम्बन्धी) प्रशिक्षण दिएका आधारमा आफूहरुले काम गर्न थालेको तिवारीको भनाइ छ ।
आलुको बिऊदेखि मल, विषादी, श्रमिक लगायत सबै खर्च जोडेर पनि सामुहिक आलु खेति सन्तोषजनक भएको कोषाध्यक्ष भगिरथा दाहालले बताइन् । सामुहिक तरकारी खेतिमा लागेका महिलाको समूहलाई अर्जुनधारा नगरपालिकाले गतवर्ष २५ हजार रुपैयाँ सहयोग गरेको समूहकी कोषाध्यक्ष भगिरथा दाहालले बताइन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलासामुहिक तरकारी खेतीको अभ्यास गर्दै महिलाहरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img