Homeमहिलाजाति र पार्टीभन्दा पहिला हामी महिला हौं

जाति र पार्टीभन्दा पहिला हामी महिला हौं

अम्बिका भण्डारी

अन्तर्राष्ट्रिय नारी दिवस विगतका बर्षहरुमा जस्तो यो बर्ष महिलाहरुले कोरोना भाइरसका कारण खासै मनाउन पाएनन् । थुप्रै संघसंस्थाले तिथिमिति नै तोकेर तय गरेका कार्यक्रम पनि स्थगित भएका छन् । जनताको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर नेपाल सरकारले गरेको आग्रहलाई सबैले पालना गर्नु उपयुक्त पनि छ ।
सन् १९०६ मा फ्रान्सको एउटा कपडा उद्योगमा काम गर्ने महिलाहरुले समान ज्यालाका लागि उठाएको आन्दोलनको पृष्ठभूमिमा सन् १९१० मा कोपेनहेगेनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनको नेतृत्वमा अन्तर्राष्ट्रिय सम्मेलन गरी मनाउन शुरु गरिएको आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्वभरिका महिलाहरुले मनाउँदै आएको इतिहास छ । त्यसलाई मनैदेखि सम्मान व्यक्त गर्दै एकअर्कामा सामाजिक सञ्जालको माध्यमबाट शुभकामना आदान प्रदान गरिरहेका छन् ।
महिलाहरुले अधिकारको लागि संघर्षको थालनी गरेको आज ११० बर्ष भएछ । आजसम्म आइपुग्दा अन्तर्राष्ट्रियस्तरमा मात्र होइन नेपालमा पनि राजनीतिक तथा सामाजिक रुपमा ठूल–ठूला परिवर्तन भए । महिलाहरु पनि सत्तामा पुगे, राष्ट्रपति, सभामुख न्यायाधीश भए । तर महिलालाई हेर्ने दृष्टिकोण घरपरिवार, सामाज र राज्य तहमा खासै फरक देखिदैन । महिलालाई क्षमता, दक्षताको आधारमा भन्दा पनि महिलाकै रुपमा हेरिनु दुःखद् कार्य हो । हामीले धेरै पर जानै पर्दैन । नेकपाको बर्तमान दुईतिहाईको सरकार र राजनीतिक दललाई हेरे पुग्छ । सरकारमा मन्त्रीमण्डल गठन पुनर्गठन भइरहेका छन् । तर, महिला तथा बालबालिका मन्त्रालय हेर्ने व्यक्तिसमेत पुरुष नै छन् । बर्तमान सरकारको मन्त्रीपरिषदमा ०।५ प्रतिशत मात्र महिला छन् । क्षमतावान महिला सभामुखका लागि दौडिन्छिन् तर उनको क्षमता र दक्षता सारीका कारण ओझेल पर्छन् । यो महिलामाथि गरिएको अवमूल्यन हो ।
महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायम नै छन् । नारी दिवस मनाइरहँदा नेपाली नारीहरुमा के कति परिवर्तन भयो भन्ने कुरा प्रमुख बहसको विषय बन्नुपर्छ । हामी पनि एक अर्कामा राजनीतिक आस्था, धर्म र संस्कारका आधारमा विभाजित छौं । हामीले कहिले पनि जुटेर अधिकारका लागि एक ढिक्का हुन सकेको अवस्था छैन । पार्टी, जाति र धार्मिक नेतृत्वले के भन्छ त्यही गरिरहेका छौं । जुन तहमा पुरुषकै बर्चस्व छ । यो बेला म अगुवा महिला नेतृहरु साहना प्रधान, मंगलादेवी सिंहलगायतलाई सम्झिरहेकी छु । नेपालमा महिला अधिकारका लागि लड्ने, महिलालाई मताधिकार दिलाउन सफल नेतृ उहाँहरुले त्यही बेला एक भएर ‘महिला पार्टी’ खोल्नु भएको थियो भने सायद आजको पुस्ताले त्यसको जगमा उभिएर देशमा एकछत्र राज पो गरिरहेको हुन्थ्यो कि रु उहाँहरु राजनीतिक आस्थाका आधारमा त्यही बेला फुट्नु भयो, जुन आज पर्यन्त छ ।
म सम्पूर्ण राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवा दिदीबहिनीहरुलाई अनुरोध गर्छु । हिजो के भयो भन्ने कुराको पछि नलागौं, आज के गर्ने र भोलिका पूर्वाधार कसरी तयार गर्ने भनेर सोचौं । परिवर्तनका लागि खरो भएर उत्रिनुपर्छ अनि लैङ्गिक समानताका लागि पैरवी गरौं । गाउँदेखि सदनसम्म नारीमैत्री स्वरहरु एकाकार भएर गुञ्जाऔं । हामीले चाहेको परिवर्तन टाढा छैन । हिजोको जस्तो घरबाट बाहिर निस्कन हामीले संघर्ष गर्नुपर्दैन । प्रायः महिलाहरु आर्थिक, शैक्षिक, सामाजिक र राजनीतिक रुपमा सक्षम र सवल बन्दै गएका छन् । नबनेका जो छन् उनीहरुलाई पनि बनाउन अभिप्रेरित गरौं । एक अर्कामा भएका विविधतासहितका गुणहरुको सम्मानसाथ आत्मसाथ गरौं, समानतालाई सहकार्यमा रुपान्तरण गरौं । हामीले महिला भएकै कारण अपहेलित हुनु पर्नेछैन । हरेक कार्यक्रममा जाँदा होस् या निर्णय गर्नुपर्दा नै किन होस् दारी मात्र हेर्ने समाजमा हामी चुप लागेर बस्नु हुँदैन । हामी महिला हौं, त्यसपछि मात्र पार्टी, जाति, क्षेत्र र धर्मका हौं भन्ने मनन गर्ने बेला भइसकेको छ ।
लेखिका रासस मेची प्रमुख तथा नारी सञ्चार गृह झापाका अध्यक्ष हुनुहुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाजाति र पार्टीभन्दा पहिला हामी महिला हौं
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img