Homeसमाचारशिवाकोटी दम्पत्तीले राईको घरलाई छाना दिने

शिवाकोटी दम्पत्तीले राईको घरलाई छाना दिने

शनिश्चरे ३० फागुन । आर्थिक अभावमा निर्माण शुरु गरेर सम्पन्न गर्नु नसकेका पत्रकार इन्द्रकुमार राईको घरमा विर्तामोडका एक शिवाकोटी दम्पत्तीले छानाका लागि आवश्यक टिन उपलब्ध गराउने भएका छन् ।


शुक्रबार बिहान सञ्चारकर्मीसहित राईको निर्माणाधिन अधुरो घरमा पुगेका विर्तामोडका सामाजिक व्यक्तित्व डिल्लीरमण र गीता शिवाकोटीले राईको घरमा छानाको लागि टिन दिने बचनवद्धता गरेका हुन् ।
अर्जुनधारा प्रेस क्लबका सदस्य समेत रहेका राईको घर निर्माणका लागि अर्जुनधारा प्रेस क्लबसहित क्लबका अध्यक्ष कुमार भट्टराईको पहलमा गत आर्थिक वर्षमा अर्जुनधारा नगरपालिकाले एकलाख रुपैयाँ उपलब्ध गराएसंगै स्थानीय सामाजिक व्यक्तित्व केदार पराजुलीले आठधुर जग्गा उपलब्ध गराएका थिए ।
घर निर्माणका लागि जमिन प्राप्त हुनुका साथै नगरपालिकाबाट प्राप्त एकलाख रुपैयाँले घर निर्माण कार्य शुरु गरेपनि खर्च अभावका कारण घर सम्पन्न गर्न नसकेको पत्रकार राईले बताएका छन् ।
पत्रकार राईको घरको छानामा लगाउन आवश्यक टिन उपलब्ध गराइदिने प्रतिवद्धता गर्ने शिवाकोटी दम्पत्तीको उदार भावनाको सम्मान गर्दै नेपाल पत्रकार महासंघका झापा शाखाका उपाध्यक्ष एकराज गिरी आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा पत्रकारहरु दिपिन राई, रमेश समदर्शी राई, रेजिना गौतम लगायतको उपस्थिति रहेको थियो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारशिवाकोटी दम्पत्तीले राईको घरलाई छाना दिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img