Homeसमाचारचितवनमा सार्वजनिक कार्यक्रम गरे कारवाही

चितवनमा सार्वजनिक कार्यक्रम गरे कारवाही

चितवन २१ फागुन । कोरोना भाइरसको फैंलदो संक्रमणले स्वास्थ्य सुरक्षा चुनौतिका रुपमा देखा पर्नसक्ने आंकलन गर्दै जिल्ला प्रशासन चितवनले कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न सूचना जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ–‘कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन स–साना पारिवारिक जमघट, भेटघाट बाहेकका अन्य कुनै पनि जात्रा, पर्व, मेला, महोत्सव वा यस्ता अन्य कुनै पनि कार्यक्रम सञ्चालन नगर्न नगराउन आम नागरिक समक्ष जिल्ला प्रशासन कार्यालय अनुरोध गर्दछ ।’
सूचनालाई अवज्ञा गरी यस्ता काम गरिएको खण्डमा कानून अनुसार कारवाही गरिने भन्दै कार्यालयले सचेत गराएको छ ।
जिल्ला प्रशासनको उक्त सूचना पनि चितवनमा सञ्चालनमा रहेका महोत्सवहरु समेत बुधबारदेखि सञ्चालनमा रोक लगाएको छ भने सञ्चालनको तयारीमा रहेका मेला महोत्सव तत्कालका लागि रद्द गरिएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचितवनमा सार्वजनिक कार्यक्रम गरे कारवाही
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img