Homeसमाचारक्षेत्रीय सम्मेलनको तयारीमा कांग्रेस

क्षेत्रीय सम्मेलनको तयारीमा कांग्रेस

विर्तामोड १५ फागुन । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ को क्षेत्रीय सम्मेलन यही फागुन १७ गते हुने भएको छ । संघीय संरचना अनुसार संगठन पुनर्संरचना भएपछि कार्यकर्ताबीच आपसी सद्भाव बृद्धि गर्दै संगठन सुदृढिकरण, कार्यकर्ता परिचालन तथा केन्द्रीय नीति/निर्देशनलाई कार्यकर्तासम्म पु¥याउने उद्देश्यले क्षेत्रीय सम्मलेनको आयोजनाको तयारी गरिएको २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनालीले जानकारी दिनुभयो ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मैनालीले संघीय संरचना अनुसारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने, टोल समिति गठन, पुराना कार्यकर्ताको पहिचान, क्षेत्र नं–२ मा पर्ने २५ वटै वार्डमा वडा कार्यालय स्थापना सम्बन्धी छलफल गरिने बताउनुभयो । यस सम्मेलनलाई मोडल सम्मेलनका रुपमा लिइएको बताउँदै मैनालीले क्षेत्रीय सम्मेलनलाई नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय केशवकुमार बुढाथोकी, सरिता प्रसाई, पूर्वसांसदद्वय सुधिरकुमार शिवाकोटी र डिल्ली सिटौला, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
संघीय संरचना अनुसार झापाका साविक क्षेत्र नं–२ र क्षेत्र नं–४ का २१ वटा वडा मिलेर हालको क्षेत्र नं–२ स्थापित छ । क्षेत्र नं–२ मा हाल २१ वटा वडा, विर्तामोड, अर्जुनधारा नगरपालिका तथा र कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका केही वडा रहेका छन् ।
झापाको विर्तामोडस्थित अग्रसेन भवनमा आयोजना हुने क्षेत्रीय सम्मेलनमा लभगभ तीनहजार कार्यकर्ताको सहभागिता हुने बताइएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय सभापति मैनालीले जानकारी दिनुभयो । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य र नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईंले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारक्षेत्रीय सम्मेलनको तयारीमा कांग्रेस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img