विर्तामोड १५ फागुन । झापाको विर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिकले आफ्नो रजत महोत्सवको अवसर पारेर अग्रज पत्रकारहरुलाई सम्मानसहित विविध कार्यक्रम गर्ने भएको छ ।
आगामी फागुन १८ गते विर्तामोडको अतिथि सदनमा आयोजना गरिने विशेष कार्यक्रमका बीच पूर्वाञ्चल विशेशाङ्क स्मारिका विमोचनसहित श्री अन्तु प्रकाशन प्रा.लि.ले स्थापना गरेका विविध पुरस्कार वितरणसहित फोटो तथा कार्टुन प्रदर्शनी आयोजना गर्न लागेको हो ।
१ नं प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पुरस्कारबाट पत्रकार पत्रकार नकुल काजी, चन्द्र भण्डारी, चिन्तामणि दाहाल र लीला बराललाई सम्मान गरिने पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वाञ्चल दैनिकमा अनवरत रुपमा सेवारत पत्रकार लक्ष्मण ढकाललाई उत्कृष्ठ पत्रकार र चन्द्रकान्त ढकाललाई उत्कृष्ठ ब्यवस्थापकका रुपमा सम्मान गरिने बताइएको छ ।
विभिन्न लोक सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिने कार्यक्रममा मानव जीवनसँग जोडिने तथा प्राकृतिक विषयवस्तुसँग सम्बन्धित रहेर प्राज्ञ पवन राजवंशीको एकल कार्टुन प्रदर्शनी र फोटो पत्रकार विनोद पाण्डेद्वारा विभिन्न समयमा खिचिएका फोटो प्रदर्शनीमा राखिने सम्पादक गिरीले बताउनुभयो ।
लक्ष्मण ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा चन्द्रकान्त ढकालले स्वागत र रुपक खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
रजत महोत्सवको तयारीमा पूर्वाञ्चल
































































































