Homeसमाचारकक्वालीस्थित दुर्गाशक्ति समाजद्वारा ब्रम्हमहापुराण

कक्वालीस्थित दुर्गाशक्ति समाजद्वारा ब्रम्हमहापुराण

शनिश्चरे ७ फागुन । मन्दिर परिषरको निर्माणधिन अधुरो कार्यहरुलाई पूर्णता दिन स्रोत जुटाउने उद्देश्यले अर्जुनधारा नगरपालिका–४ कक्वालीस्थित दुर्गाशक्ति समाज कल्याण संघ (ज्येष्ठ नागरिक मिलन केन्द्र) मा यही फागुन ९ गतेदेखि १७ गतेसम्म सप्ताह ब्रम्हमहापुराण नवाह ज्ञान महायज्ञ संचालन हुने भएको छ ।
संघद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष अमरबहादुर कटुवालले ज्ञान महायज्ञबारे जानकारी दिनुभयो ।


पुराण सम्पन्न गर्न तीनलाख ५० हजार लागत अनुमान गरिएको पुरणबाट सातलाख रुपैयाँ संकलन हुने लक्ष्य राखिएको अध्यक्ष कटुवालले बताउनु भयो ।
पं. नेत्रप्रसाद भट्टराई प्रमुख वाचक रहेको पुराण उपवाचकमा पं. ईश्वरीप्रसाद अर्याल रहने बताइएको छ ।
पुरणलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न केदार पराजुलीको संयोजकत्वमा १५१ सदस्यीय पुराण आयोजक मुल समिति गठन गरिएको छ ।
त्यस्तै लिला कटुवालको संयोजकत्वमा आर्थिक समिति, कुसुमलाल दनुवारको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन समिति, ठाकुरप्रसाद खतिवडाको संयोजकत्वमा पूजा व्यवस्थापन समिति गठन गरिएको छ । त्यसैगरी सुरक्षा व्यवस्थापन समितिको संयोजकमा भोला परियार, प्रचार–प्रसार समितिको संयोजकमा दुर्गाप्रसाद भट्टराई, आन्तरिक व्यवस्थापन समितिको संयोजकमा टेकनाथ डाँगी, स्वास्थ्य शिविर सञ्चालन समिति संयोजकमा तुलसी श्रेष्ठ, रक्तदान कार्यक्रम समितिको संयोजकमा देवेन्द्र मैनाली, पण्डाल तथा साउण्ड सेट व्यवस्थापन समितिमा मोहनप्रसाद खतिवडा रहेका छन् । महापुराण अवधिभर हुने भजन कीर्तनका लागि समिति समेत गठन गरिएको छ ।
कटुवालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पुराण आयोजक मुल समितिका संयोजक केदार पराजुली, मन्दिरका दाताहरु कृष्णबहादुर राउत, लोकबहादुर बुढाथोकी, गोपाल बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकक्वालीस्थित दुर्गाशक्ति समाजद्वारा ब्रम्हमहापुराण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img