Homeसमाचारवास्तविक किसानले अनुदान पाएनन्÷सरकार विचौलियाको हातमा

वास्तविक किसानले अनुदान पाएनन्÷सरकार विचौलियाको हातमा

झापा ५ फागुन । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले ब्यवसायिक कृषिमा संलग्न किसानले अनुदान रकम नपाएको तर फर्म खडा गरेर कृषि कर्म नगर्ने नक्कली किसानले सरकारी अनुदान लिइरहेको बताउनुभएको छ ।
नेपाल पशु सेवा प्राविधिक संघ (नेल्टा) झापाको दोस्रो जिल्ला अधिवेशनलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै सभापति थापाले कृषि पेशालाई प्राथमिकतामा राखेर ब्यावसायिक बनाउनुपर्ने धारणा राख्नुभयो । निर्वाहमुखी कृषि पेशाले देशको समृद्धि र राष्टिूय जिडिपीमा उल्लेख्य योगदान पु¥याउन नसकेको थापाको भनाइ थियो ।
अहिले सिङ्गो मुलुक नै विचौलियाको हातमा पुगेको बताउँदै सभापति थापाले देशभर रहेका सार्वजनिक सम्पत्तिमाथि सरकारको नेतृत्व गरेको नेकपाका कार्यकर्ताले आफ्नो नाममा पार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो । कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार भाषणमा मात्रै सिमित रहेको तर कुनै उल्लेख्य काम गरेर देखाउन नसकेको धारणा राख्दै सभापति थापाले जनता करको बोझ थेग्न नसकेर पछुताइरहेको बताउनुभयो । मुलुकमा कांग्रेस र प्रजातन्त्र कहिल्यै समाप्त नहुने थापाको दावी छ ।
कार्यक्रममा नेल्टाका केन्द्रीय अध्यक्ष जनक रावलले संसदमा पेश भएको कानून पारित भएपछि मात्रै पशुप्राविधिकहरुको पेशाले कानूनी मान्यता पाउने बताउँदै पशुवीमा अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । नेल्टाकै प्रयत्नमा प्रत्येक स्थानीय तहमा १०÷११ जना पशु प्राविधिकहरुको नियुक्ति गर्न सक्ने प्रावधान पारित भएपनि सरकारले कतिपय स्थानमा बहुमतका आधारमा कुनै परीक्षा नै नलिई कानुनी प्रावधान विपरित नियुक्ति गरेकोप्रति आपत्ति प्रकट गर्नुभयो । कतिपय स्थानीय तहमा पशुस्वास्थ्यकर्मीको विज्ञापन आह्वान नगर्दा प्राविधिक जनशक्तिको अभाव रहेको बताउँदै रावलले प्रत्येक प्रदेशका सबै जिल्लाहरुमा पशु वीमाका लागि वित्तीय केन्द्र स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।
नेब्ला झापाका अध्यक्ष दिवस राई, नेपाल निजामति कर्मचारी युनियन संघ झापाका अध्यक्ष कविन्द्रविक्रम नेम्बाङलगायतले शुभकामना राख्नुभएको कार्यक्रममा नेल्टाको सांगठनिक गतिविधिबारे केन्द्रीय सहसचिव सुरेशकुमार श्रेष्ठले प्रकाश पार्नुभयो ।
कार्यक्रममा पशु प्राविधिक भरतराज कडेल, कनकाई कृषि फर्म अर्जुनधाराका सुबोध ढुङ्गेल, विश्वास कृषि फार्मका डम्बरलाल चौधरी, पूर्वाद्र्ध डेरी उद्योगका कमल भण्डारी र पाथीभरा डेरी फार्मका सुदिप गौतमलाई सम्मान गरिएको थियो ।
नेल्टा झापाका अध्यक्ष पदमलाल राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्यले गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस झापाका प्रचार विभाग संयोजक कृष्ण हुमागाई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारवास्तविक किसानले अनुदान पाएनन्÷सरकार विचौलियाको हातमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img