झापा २ माघ । वीरता लेडी जेसीजको १५ पदस्थापन कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
जेसीजको १५ औं पदस्थापनबाट सन् २०२० को अध्यक्षमा सर्वसम्मत चयन हुनुभएकी सुष्मा भण्डारीलाई सन् २०१९ की अध्यक्ष सरु भुर्तेलका गलामा लगाइएको जेसीज चेन संस्थाका पूर्व अध्यक्षहरुले २०२० की अध्यक्ष भण्डारीको गलामा पहिर्याएर पदस्थापन गराएका थिए ।
निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष नम्रता ढकालले नयाँ कार्यसमितिको घोषणा गर्नुभएको थियो ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख अतिथि शंकर, नेपाल जेसिजका थिम डाइरेक्टर मनिष सूर्य मगर, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षका तर्फबाट राधा सुब्बा, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

पद हस्तान्तरण कार्यक्रमका बीच प्रत्येक बर्ष प्रदान गरिदै आएको बर्षोत्कृष्ठ महिला सञ्चारकर्मीका रुपमा सूर्योदय टेलिभिजनका चन्दा भट्टराईलाई पुरस्कृत गरिएको थियो । यसैगरी लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना दिवंगत आफन्तको स्मृतिमा स्थापित यज्ञतीर्थ अवार्डबाट कलाकर्मी कविता नेपाल पोर्तेललाई पुरस्कृत गरिएको थियो । बर्षोत्कृष्ठ जेसी संगिता गिरी, शाखा सम्पादक हिमा पौडेल, विज्ञापनदाता सानो संसार प्रा.लि.लाई सम्मान गरिएको थियो । जेसी कविता थापालाई जेसीजको मानार्थ सदस्यता प्रदान गरिएको कार्यक्रमको सञ्चालन नैनकला भट्टराई र नवनिर्वाचित महासचिव संगिता गिरीले गर्नुभएको थियो ।
उर्मिला खरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत संगिता गिरी र आस्थावाचन दिपा भट्टराईले गर्नुभएको थियो ।
त्यसैगरी सन् २०२० वीरता लेडी जेसीजलाई हाँक्नका लागि अध्यक्ष शुष्मा भण्डारीले पदभार ग्रहणसंगै जिम्मेवारीसमेत तोक्नु भएको छ । जस अनुसार रक्तदान संयोजकमा विमला भट्टराई, संचार संयोजकमा शीला उप्रेती, अवार्ड संयोजकमा रोजिना पाण्डे, सल्लाहकार संयोजक पुनम घिमिरे, खेलकुद संयोजक सेलिसा उप्रेती, संस्कृति संयोजक मञ्जु उप्रेती, मनोरञ्जन संयोजक लिला दंगाल, जनचेतना संयोजक कविता थापा, स्वयमसेवक संयोजकमा दिपा भण्डारी, अर्थ संयोजक कल्पना ओली, ज्येष्ठ नागरिक सम्मान संयोजक यशोदा उप्रेती, प्रकरण निर्देशक अर्चना रावत, स्वागतसम्मान संयोजक सुजता न्यौपाने, संस्था मूल्याङ्कन संयोजक गोमा भट्टराई, युवा संयोजक पवित्रा गौतम, स्वास्थय संयोजक दिपा शिवाकोटी, लगायत अन्य विभिन्न विभागीय जिम्मेवारी तोकिएको हो ।

































































































