Homeसमाचारआन्तरिक लोकतन्त्र मजबुत नभए जनताका अधिकार सुरक्षित नहुने

आन्तरिक लोकतन्त्र मजबुत नभए जनताका अधिकार सुरक्षित नहुने

झापा २ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कांग्रेसले पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन नसके जनताका अधिकार सुरक्षित नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस विर्तामोड नगर समितिद्वारा विहीबार नगरपार्टी कार्यालय विर्ताबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका नेता जोशीले अरु दललाई पनि लोकतन्त्र सिकाउने कांग्रेस पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई पनि बलियो बनाउन जरुरी रहेको बताउनु भएको हो ।
देशको हरेक परिवर्तनमा निरन्तर नेतृत्व गरेको नेपाली कांग्रेसले कम्युनिष्टहरुलाई समेत लोकतन्त्रको मूल धारमा ल्याउन सफल भएको भनाई राख्नुभयो ।
एकदलीय अधिनायकवादी चिन्तन भएकाहरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पार्टीले आफ्नै कार्यकर्ता र सहकर्मीका बीचमा लोकतान्त्रिक आचरण र ब्यवहार देखाउन नसक्नु दुःख पक्ष भएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
उहाँले महासमितिको बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिले उल्लंघन गरेकोप्रति असन्तोष जनाउँदै पार्टी सभापति शेरवहादुर देउवालाई लोकतान्त्रिक विधि, प्रक्रिया र पद्दतिलाई अनुशरण गरेर सबै पक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका अग्रज नेता डिल्लीप्रसाद सिटौलाले कांग्रेसका युवा नेतृत्वप्रति जनताको अपार विश्वास रहेको बताउँदै नेतृत्वको फेर समातेर उभिनेभन्दा जनताको मनमा स्थापित भएर अघि बढ्न आह्वान गर्नुभयो ।
कार्यक्रममा पार्टीको चौधौं महाधिवेशन, विधानको धारा निलम्बन, वर्तमान कम्युनिष्ट सरकारले गरेका ठूला भ्रष्टाचार काण्डमा पार्टी नेतृत्वको स्पष्ट दृष्टिकोण आउनुपर्नेमा नेपाली कांग्रेस झापाका प्रचार विभाग प्रमुख कृष्ण हुमागाई र महाधिवेशन प्रतिनिधि धर्मराज माझीले जोड दिनुभएको थियो ।
नगर सभापति भोजराज सिटौलाको सभापतित्वमा भएको सो कार्यक्रममा २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नगर सहसभापति भोला पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआन्तरिक लोकतन्त्र मजबुत नभए जनताका अधिकार सुरक्षित नहुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img