Homeसमाचारझापामा २२ औं भूकम्प दिवस

झापामा २२ औं भूकम्प दिवस

झापा २ माघ । २२ औं राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर झापाको चन्द्रगढीमा प्रभातफेरी तथा सभा सम्पन्न भएको छ ।
‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दीगो सुख र समृद्धिको आधार ’ भन्ने मूल नारासहित लेखनाथ चोकबाट चेतनामूलक प्लेकार्डसहित निकालिएको र्याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।


नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका उपरीक्षकत्रय, राष्ट्रसेवक कर्मचारीहरु, संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रदेश सांसद बसन्त बानियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भू–कम्पको इतिहास, क्षति न्युनिकरणका लागि अपनाउनुपर्ने सावधानी र भावी रणनीतिका बारेमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेल, भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले मन्तब्य राख्नुभएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर निरौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन लक्ष्मी गुरागाईले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा २२ औं भूकम्प दिवस
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img