झापा २९ पुस । नेशनल लाईफ इन्स्युरेन्स प्रा.लि. विर्तामोडले सवारी दुर्घटनामा मृत्यु भएका बीमक इन्द्रप्रसाद दंगालका परिवारलाई १ करोड ३ लाख १५ हजार रुपैयाँ प्रदान गरेको छ ।
विर्तामोडस्थित होटल ग्राण्ड प्यासिफिकमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि तथा विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेशनल लाइफ इन्स्युरेन्स प्रा.लि.का १ नं प्रदेश प्रमुख नरेन्द्र राई र विर्तामोड शाखा प्रमुख कमलबहादुर बुढाथोकीले मृतक दंगालकी श्रीमती सुस्मिता थपलियालाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
मृतक दंगालले १६ बर्षे आवधिक विमा अन्तर्गत गत असार ३१ गते ५० लाख रुपैयाँको वीमा गर्नुभएको थियो । गत कात्तिकमा शिवसताक्षीमा सवारी दुर्घटनामा मृत्यु भएपछि दंगालका परिवारले कात्तिक २६ गते वीमा कम्पनीमा वीमा रकम दावी गरेका थिए । परिवारले दावी गरेको २ महिनापछि उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।
नेशनल लाइफ इन्स्युरेन्स विर्तामोडका प्रमुख बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि राई, विर्तामोड ब्रान्च चिफ विजनेस म्यानेजर अनन्त ओली, दिनेश पोखरेल, लयप्रसाद उप्रेती, एकराज गिरी लगायतले शुभकामना मन्तब्य राख्नुभएको वीमा कम्पनीका दिपा ओलीले जानकारी दिनुभयो ।
एककरोड तीनलाख वीमा रकम हस्तान्तरण

































































































