Homeसमाचारसरकार लोकतान्त्रिक अधिकार काट्न उद्यत

सरकार लोकतान्त्रिक अधिकार काट्न उद्यत

झापा २९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले वर्तमान सरकार लोकतान्त्रिक समाजवाद समाप्त पार्ने षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।
नेपाल तरुण दल क्षेत्र नं–२ को आयोजनामा झापाको विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रमा संरक्षित बृद्धबृद्धालाई उपभोग्य सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता जोशीले लोकतान्त्रिक पद्धतिबाट बनेको सरकारले एकपछि अर्को विधेयक ल्याउने नाममा नागरिक अधिकार कटौती गर्दै लोकतान्त्रिक पद्धति नै समाप्त पार्न खोजेको आरोप लगाउनुभएको हो ।

नेपाली जनताले लोकतन्त्रका लागि ठूलो बलिदान गरेको स्मरण गर्दै नेता जोशीले लोकतन्त्रको खिलाफमा जाने शक्ति परास्त भएर जाने चुनौति पनि दिनुभयो ।
संसदप्रति सरकार उत्तरदायी हुनुपर्नेमा संसदलाई जिम्मेवार बनाउने प्रयत्नमा सरकार लागेकोप्रति आपत्ति प्रकट गर्दै नेता जोशीले जनताले विश्वास गरेको पार्टी कांग्रेसको काँधमा लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी आएको धारणा राख्नुभयो ।
बाबुआमाले छोराछोरी र छोराछोरीले बाबुआमा हेर्ने संस्कार सिकाउनु, प्रत्येक ब्यक्तिलाई समृद्ध बनाउनु तथा सबै नागरिकको कल्याण राजनीतिको मुख्य उद्देश्य रहेको धारणा राख्दै नेता जोशीले आफूसँग जे छ त्यसैमा रमाएर बस्न जेष्ठ नागरिकलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा संविधानसभाका सदस्य तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीले जेष्ठ नागरिकको संरक्षण गरेर परोपकार केन्द्रले उदाहरणीय कार्य गरेको बताउँदै यसमा युवाहरुको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।
नेपाल तरुण दल क्षेत्र नं–२ का सभापति राजुृ न्यौपानेको सभापतित्व र अच्युत दाहालको सञ्चालनमा सम्पन्न कार्यक्रममा परोपकार तथा अनुसन्धान केन्द्रका सचिव विष्णु उप्रेतीले ३५ जना बृद्धबृद्धालाई संरक्षण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व सांसद विश्वदीप लिङ्देन, गणेशमान स्मृति फाउण्डेशनका अध्यक्ष सन्तोष मेनेङ्बो, नेपाल महिला संघ झापा अध्यक्ष सुशिला ढकाल, सचिव टिका मैनाली, महिला नेतृ यज्ञकुमारी सिटौला, महासमिति सदस्य सिता पौडेल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसरकार लोकतान्त्रिक अधिकार काट्न उद्यत
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img