Homeसमाचारबुद्धशान्तिमा दुई पर्यटकीय क्षेत्रको शुभारम्भ

बुद्धशान्तिमा दुई पर्यटकीय क्षेत्रको शुभारम्भ

बुधबारे १८ पुष। झापाको बुद्धशान्तिमा शुक्रबार एकैदिन दुईवटा पर्यटकीय क्षेत्रको विशेष कार्यक्रम गरेर शुभारम्भ गरिएको छ । बुद्धशान्ति– ३ स्थित आदर्श नमुना सामुदायिक वन क्षेत्रमा रहेको आदर्श नमुना धार्मिक पर्या–पर्यटन तथा सिमसार क्षेत्र र बुद्धशान्ति–४ मा रहेको वर्ने पर्यटन बजारको उद्घाटन गरिएको हो ।
आदर्श नमुना धार्मिक पर्या–पर्यटन तथा सिमसार क्षेत्रको १ नंं. प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री जगदीशप्रसाद कुसीयत र वर्ने पर्यटन बजारको बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेलको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो ।
आदर्श नमुना धार्मिक पर्या–पर्यटन तथा सिमसार क्षेत्रमा रहेको कृतिम डाइनोसर सञ्चालन गर्ने स्विच थिचेर उद्घाटन गर्दै मन्त्री कुसीयतले प्रदेश १ मा थुर्पै पर्यटकीय क्षेत्रहरु रहेको र तिनीहरुको पूर्वाधार विकासका लागि राज्य पक्षबाट महत्वपूर्ण काम हुने बताउनु भयो । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै पक्ष लागेकोमा खुसी व्यक्त गर्दै पर्यटन आर्थिक समृद्धिको आधार रहेको धारणा व्यक्त गर्नुभयो । आदर्श नमुना धार्मिक पर्या–पर्यटन तथा सिमसार क्षेत्रलाई चालु आ.व.मा कम्तीमा १० लाख रुपैंयाँ विनियोजन गर्ने घोषणा गर्नुभयो ।
सो अवसरमा प्रदेश सांसद बृख प्रधान, संविधानसभा सदस्य प्रेमबहादुर गिरी, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेल, उपाध्यक्ष मीरा भूर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाई, नेकपा बुद्धशान्ति सचिव प्रेम लिम्बु, नेपाली काँग्रेस बुद्धशान्ति सभापति चक्र शेर्मा, राप्रपाका बुद्धशान्ति अध्यक्ष नारायण न्यौपाने, झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाई लगायतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
त्यसैगरी वर्ने पर्यटन बजारको पनि एक विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको छ । बुद्धशान्तिमा रहेको आदर्श नमुना धार्मिक पर्या–पर्यटन तथा सिमसार क्षेत्रमा कृतिम पोखरी, वाल उद्यान, पिकनिक स्पट, सिद्धेश्वर शिव पाञ्चायन मन्दिर सहित पर्यटक लोभ्याउने प्रसस्त ठाउँहरु निर्माणको चरणमा रहेको सो वन समिति अध्यक्ष तिलनारान रिजालले बताउनु भयो । १० वर्षे गुरुयोजना तयार गरी २० करोड लगानीको स्टिमेटसहित पर्या–पर्यटन क्षेत्र निर्माणमा आफूहरु लागि परेको रिजालको भनाई थियो ।
वन समितिका सल्लाहकार प्रेम लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाका उपाध्यक्ष खगेन्द्र आचार्यले सञ्चालन गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबुद्धशान्तिमा दुई पर्यटकीय क्षेत्रको शुभारम्भ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img