Homeसमाचार‘झापाली जनताले हिनता महसुस गर्नु पर्दैन’

‘झापाली जनताले हिनता महसुस गर्नु पर्दैन’

झापा १९ पुस । विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच झापाको सुरक्षाको जिम्मेवारी लिएर आएका प्रहरी प्रमुख कृष्ण कोइराला स्वागत तथा इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मेवारी सम्हाल्दै आएका डिएसपी मोहनकुमार थापालाई विदाई गरिएको छ ।
विर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा विर्तामोडमा क्रियाशील विभिन्न संघ–संस्थाहरुले सामुहिक रुपमा कोइरालालाई स्वागत र थापालाई सम्मानपत्रसहित विदाई गरेका हुन् । सो अवसरमा अन्तराष्ट्रिय बडी बिल्डर रामबहादुर दाहाललाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी सहाल्न आएपुगेका कृष्ण कोइरालाले आफ्नो जिम्मेवारीका कारण झापाली जनताले हिनता महशुस गर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनु भएको छ । देशका विशिष्ठ व्यक्तिहरुको जिल्ला झापाको जिम्मेवारी चुनौतिपूर्ण रहेको बताउँदै आफूले त्यसैमा अवसर देखेको बताउनु भयो ।


केहि समयअघि इलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्दादेखि नै सुरक्षालाई प्रविधिमा जोड्न सफल कोइरालाले झापा र मोरङको सिमाना तारावारीदेखि काँकरभिट्टासम्मको राजमार्गलाई प्रविधिसंग जोड्न सके अपराध नियन्त्रणमा सहज हुने बताउँदै सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै लागूऔषधको अवस्था भयावह रहेको बताउँदै कोइरालाले शुल्क तिर्न नसक्ने लागू औषध प्रयोगकर्ताका लागि पुर्नस्थापना केन्दै स्थापनाको परिकल्पना गरेको सार्वजनिक गर्नुभयो ।
‘लेसन लर्न’
त्यस्तै विदाई मन्तव्य राख्दै विर्तामोडका डिएसपी मोहनकुमार थापाले विर्तामोडलाई चिन्न सके काम गर्न पनि सहज हुने अनुभव सुनाउँदै असामान्य परिस्थितिमा पूर्वमै पहिलोपटक जिम्मेवारी सम्हाल्न आउँदा आफू सचेत हुँदै आएको बताउनु भयो । विर्तामोडबासीलाई चिन्न सके काम गर्न सहज भएको बताउँदै उनले थापाले भने–नसके असामान्य अवस्था आउछ भन्ने लेसन लर्न भयो । यो मेरो ठुलो अनुभव हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएका डिएसपी थापाले विर्तामोडमा लागू औषध, वेश्याबृत्ति र चोरी नियन्त्रण मुख्य चुनौति औल्याउनु भयो ।
सो अवसरमा अन्तर्राष्ट्रिय बडीबिल्डर प्रतियोगितामा नेपाललाई पदक दिलाउन सफल रामबहादुर दाहाललाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
बाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष जलकुमार गुरुङ, सागर मिश्र, उमाकान्त खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । मेघराज बास्तोलाले सञ्चालन गरेको कार्यक्रममा सजेश शिवाकोटीले स्वागत गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘झापाली जनताले हिनता महसुस गर्नु पर्दैन’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img